शैक्षिक संस्था दर्ता नगरे बन्द गर्ने कोहलपुरको चेतावनी

सदरलाइन संवाददाता ७ मंसिर २०८०, बिहीबार १३:२३
 

कोहलपुर (बाँके) : बाँकेको कोहलपुर नगरपालिकाले शैक्षिक संस्थाहरुलाई दर्ता गर्न आग्रह गरेको छ । व्रिज कोर्ष, तालिम केन्द्र ट्यूसन कोचिङ्ग, विदेशी भाषा कक्षा जस्ता विद्यालय बाहिर हुने शैक्षिक परामर्श सेवाहरु नगरपालिकामा दर्ता गरी सञ्चालन गर्न सूचना नै जारी गरेको छ ।

पालिकाका शिक्षा तथा यूवा खेलकुदका अधिकृत रवि मिजारले कोहलपुरमा सञ्चालन भएका शैक्षिक संस्थाहरुलाएई दर्ता गर्न आग्रह गरिएको बताए । नगरपालिकाको कार्यविधि अनुसार पालिकामा तोकिएको मितिमा दर्ता नभए कारवाहीको प्रक्रिया अगाडि बढाइने पनि उनको भनाइ छ। कोहलपुर नगरपालिकामा विगत लामोसमय देखि शैक्षिक संस्थाहरु विना दर्ता सञ्चालन रहेको पाइएको थियो ।

शैक्षिक संस्थाहरुले मनपरी रुपमा ‘फि’ लिएको र आफूखुसी सञ्चालन भएको पाइएको छ उनले भने–यहाँसम्मकी कतिपय शैक्षिक संस्थाहरु पालिकामा छन्, भन्ने सम्मको नगरपालिकासँग जानकारी छैन । त्यसैले तथ्य तथ्यांकका लागि पनि दर्ता गर्न अनिवार्य गरिएको हो । कोहलपुर क्षेत्रभित्रका शैक्षिक संस्थाहरुलाई दर्ता प्रक्रियामा लिन २०७६ पुष २८ गते नगरपालिकाले शिक्षा ऐन पारित गरेको थियो ।


अनुमति तथा नियमन सम्बन्धी कार्यविधि २०८० को अनुसूची १ बमोजिम निवेदन दिने व्यवस्था रहेको प्रमुख प्रशासकीय अधिकृत धोलकराज ढकालले जानकारी दिए । दर्ता पक्रियामा नजाने अथवा अटेरी गर्ने शैक्षिक संस्थाहरुलाई बन्द गर्ने उद्देश्यका साथ अगाडि बढेको प्रमुख प्रशासकीय अधिकृत ढकालले जानकारी दिए ।

कोहलपुरको शैक्षिक संस्थाहरुलाई व्यवस्थापन गर्न पनि उनीहरुलाई दर्ता प्रक्रियामा कडाइ गरिएको नगर प्रमुख पूर्ण प्रसाद आचार्यको भनाइ छ । कोहलपुर नगरपालिकाले शिक्षामा प्राथमिकता दिएर काम गर्दै आएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

बिहीवार हरि बोधिनी एकादशी मनाईंदै

७ मंसिर २०८०, बिहीबार १३:२३
नेपालगञ्ज : बिहीवार हरि बोधिनी एकादशी मनाईंदैछ । असार शुक्ल एकादशी अर्थात् हरि शयनी एकादशीदेखि कात्तिक शुक्ल एकादशी अर्थात् हरि बोधिनी एकादशीका दिनसम्म तुलसीको विशेष पूजा आराधना गर्ने शास्त्रीय विधि छ । कात्तिक शुक्ल एकादशीका दिनमा भगवान् विष्णुको प्रतीकका रुपमा तुलसीको दामोदरसँग विवाह र विशेष पूजा गरी हरि बोधिनी एकादशी […]