बाक्लो हुस्सुका कारण नेपालगञ्ज विमानस्थल बन्द

सदरलाइन संवाददाता १६ माघ २०७८, आईतवार १६:०३
 

नेपालगञ्ज : बाक्लो हुस्सु र कुहिरोका कारण आइतवार नेपालगञ्ज विमानस्थलबाट हुने उडान प्रभावित भएको छ । पश्चिम नेपालका पहाडी जिल्लामा हुने र काठमाण्डौ तथा पोखराका लागि हुने उडान प्रभावित भएका हुन् ।

उडान प्रभावित हुँदा विभिन्न ठाउँमा जान विमानस्थल पुगेका सयौं यात्रु विमानस्थलबाट फर्किन थालेका छन् । नागरिक उड्डयन कार्यालय नेपालगन्जका अनुसार आइतवार विहानैदेखि मौसम अत्यधिक खराब हुँदा भिजिविलिटी कम भएकाले विमानस्थल नखोलिएको हो ।


मौसममा सुधार आएपछि मात्रै उडान सुचारु गर्न सकिने कार्यालयले जनाएको छ । यस क्षेत्रका अधिकांश पहाडी र हिमाली जिल्लाहरुमा हिउँ परिरहेकोले ती जिल्लाको उडान रद्द गरिएको र अन्य जिल्लामा नेपालगञ्ज विमानस्थल बन्द हुँदा उडान नभएको विमानस्थल टावरले जनाएको छ ।

नेपालगञ्जबाट दैनिक जुम्ला, हुम्ला, डोल्पा, मुगु, बाजुरा र बझाङ तथा काठमाडौं र पोखराका लागि २५ भन्दा बढी हवाई उडान हुने गरेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

२२ किलो चरेश र मोटरसाइकल बरामद

१६ माघ २०७८, आईतवार १६:०३
कञ्चनपुरमा प्रहरीले २२ किलो चरेससहित मोटरसाइकल बरामद गरेको छ। इलाका प्रहरी कार्यालय बेलौरीबाट खटिएको टोलीले शनिबार राति २२ किलो एक सय ५० ग्राम लागुऔषध चरेश बरामद गरेको हो। बेलौरी नगरपालिका–३ बुटाबारीस्थित युपी ३१ एपी २२५६ भारतीय नम्बरको मोटरसाइकलमा हरियो कट्टामा बाँधेर राखेको अवस्थामा चरेश बरामद भएको थियो। यसबारे अनुसन्धान भइरहेको […]