२२ किलो चरेश र मोटरसाइकल बरामद

सदरलाइन संवाददाता १६ माघ २०७८, आईतवार १६:०४
 

कञ्चनपुरमा प्रहरीले २२ किलो चरेससहित मोटरसाइकल बरामद गरेको छ।

इलाका प्रहरी कार्यालय बेलौरीबाट खटिएको टोलीले शनिबार राति २२ किलो एक सय ५० ग्राम लागुऔषध चरेश बरामद गरेको हो।


बेलौरी नगरपालिका–३ बुटाबारीस्थित युपी ३१ एपी २२५६ भारतीय नम्बरको मोटरसाइकलमा हरियो कट्टामा बाँधेर राखेको अवस्थामा चरेश बरामद भएको थियो।

यसबारे अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ। मोटरसाइकल र चरेश कसले ल्याएका हुन् भन्ने खुलेको छैन।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

बाँकेमा आइतवार ५५ संक्रमित थपिए

१६ माघ २०७८, आईतवार १६:०४
नेपालगञ्ज : बाँकेमा आइतवार थप ५५ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । पीसीआर परीक्षणमा ३६ र एन्टिजेन परीक्षणमा १९ गरी थप ५५ जनामा भाइरस संक्रमण पुष्टि भएको हो । जिल्लाका तीनवटा पीसीआर ल्यावमा ७९ जनाको नमुना जाँच्दा ३६ जनामा भाइरस संक्रमण पुष्टि भएको छ । भेरीमा १४, कोहलपुर […]

सम्बन्धित