५८ वटा गोरुसहित दुई भारतीय पक्राउ

६ पुष २०७६, आईतवार १६:४२
 

सदरलाइनडटकम,
नेपालगञ्ज डेस्क : भारतबाट अवैधरुपमा नेपाल भित्र्याइएको ५८ वटा गोरुसहित दुई जना भारतीय नागरिक पक्राउ परेका छन् । शनिवार राति १ बजे दाङको गढवा गाउँपालिका वडा नम्बर ५ मुसीधार गाउँबाट ५८ वटा गोरुसहित दुई भारतीय पक्राउ परेका हुन् ।
इलाका प्रहरी कार्यालय गढवाबाट खटिएको टोलीले नेपाल भित्र्याउँदै गरेको गोरुसहित दुई जनालाई पक्राउ गरेको छ भने गोरु धनी सद्दामसहित तीन जना फरार भएका छन् । रातको समयमा हुस्सु लागेकाले उनीहरुलाई पक्राउ गर्न नसकिएको इलाका प्रहरी कार्यालय गढवाका प्रमुख एवं प्रहरी निरीक्षक भरतसिंह राठौरले जानकारी दिए ।
भारतको जिल्ला बलरामपुर थाना जरुवा मोहकानपुर बस्ने २७ वर्षीय मोहम्मद अनिस सिद्दिकी र सोही ठाउँका ५५ वर्षीय जोगी मुसलमानलाई पक्राउ गरिएको प्रहरी निरीक्षक राठौरले बताए ।
सदरलाइनडटकमसँग कुराकानी गर्दै प्रहरी निरीक्षक राठौरले पक्राउ परेका दुई जनाले दुई हजार रुपैयाँमा गोरुहरु नेपाल ल्याएको जानकारी दिए । आवश्यक कारबाहीका लागि गोरुसहित दुबै जनालाई भन्सार कार्यालय नपालगञ्ज पठाइएको उनले बताए ।

Next Post

पानीमा डुबेर दाङमा दुई बालकको मृत्यु

६ पुष २०७६, आईतवार १६:४२
सदरलाइनडटकम, दाङ : पानीमा डुबेर आईतवार दाङमा दुई बालकको मृत्यु भएको छ । घोराही उपमहानगरपालिका १ अठ्ठाईसेको किचेनी दहमा डुबेर दुई बालकको मृत्यु भएको हो । स्थानीय भुपेन्द्र घर्तीका साढे २ बर्षीय छोरा युवराज घर्ती र बुद्धीराम घर्तीको ४ बर्षीय छोरा समिर घर्तीको पानीमा डुबेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय […]

सम्बन्धित