सदरलाइनडटकम,
बर्दिया : ट्रिपरको ठक्करबाट बर्दियामा एकजनाको मृत्यु भएको छ । नेपालगञ्जबाट बर्दियाको गुलरिया आउँदै गरेको भे १ क ९८८ नम्वरको ट्रिपरले ठक्कर दिँदा एकजना साईकल यात्रुको बिहीवार विहान मृत्यु भएको हो ।
बढैयाताल गाउँपालिका कण्ठपुर चोकमा बाटो काट्ने क्रममा ट्रिपरले एक्कासी ठक्कर दिएपछि सोही ठाउँका ६० बर्षीय मोतीलाल चौधरीको घटनास्थलमै मृत्यु भएको हो । चालकसहित ट्रिपरलाई नियन्त्रणमा लिईएको कालिका प्रहरी चौकी बढैयातालका प्रहरी सहायक निरीक्षक हरिबहादुर झुुकालले बताए ।
