लागुऔषधसहित नेपालगञ्जबाट तीन जना पक्राउ

सदरलाइन संवाददाता १४ माघ २०७८, शुक्रबार १४:३३
 

नेपालगञ्ज : प्रतिबन्धित लागुऔषधसहित बाँकेमा तीन जना पक्राउ परेका छन् । विरेन्द्रनगर नगरपालिका वडा नं. ६ सुर्खेतका ४९ वर्षीय बालकृष्ण गिरी र सोही ठाउँका संजय खत्री कोरेक्स र नाइट्रोजेपाम ट्याबलेटसहित पक्राउ परेका हुन् ।

उनीहरुको साथबाट २५ बोतल कोरेक्स र ३५ ट्याबलेट नाइट्रोजेपाम बरामद भएको बाँके प्रहरीले जनाएको छ ।

यस्तै जयसपुर प्रहरी चौकीबाट प्रहरी नायब निरीक्षक राजकुमार सिंहको कमान्डमा खटिएको टोली र लागू औषध नियन्त्रणमा व्युरोको टोलीले नेपालगन्ज १६ जयसपुर चोकबाट सोही स्थानका २४ बर्षीय अस्फाक अन्सारीलाई १९ ग्राम ब्राउन सुगरसहित पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय बाँकेले जानकारी दिएको छ ।

प्रहरी नायब निरीक्षक सिंहको टोलीले बिहीवार राती पौने ९ बजे शंकास्पद तरिकाले हिडिरहेको अवस्थामा जाँच गर्दा अन्सारीको साथबाट १९ ग्राम ब्राउनसुगर फेला परेको जिल्ला प्रहरी बाँकेले जनाएको छ ।

पक्राउ परेका तीनै जनामाथि लागूऔषध कसुरमा थप अनुसन्धान भइरहेको बाँके प्रहरीले जानकारी दिएको छ ।

Leave a Reply

Your email address will not be published.

Next Post

डुडुवामा २ हजार २७० जेष्ठ नागरिकलाई कम्बल वितरण

१४ माघ २०७८, शुक्रबार १४:३३
डुडुवा (बाँके) : डुडुवा गाउँपालिकाले जेष्ठ नागरिक सम्मान कार्यक्रमअन्तर्गत शुक्रबारसम्म दुई हजार २ सय ७० जनालाई न्यानो सामाग्री वितरण गरेको छ । चिसोलाई मध्यनजर गर्दै गाउँपालिकाले जेष्ठ नागरिकलाई चिसोबाट बच्न न्यानो सामाग्री र सामाजिक सुरक्षा भत्ता संगै वितरण गरिरहेको हो । गाउँपालिकाको वार्ड नंं १ देखि ६ वटै वडाका जेष्ठ […]