एमाले उम्मेदवार प्रतिबद्धता सहित घरदैलोमा व्यस्त

७ असार २०७४, बुधबार १९:४८
 

सदरलाइनडटकम
७ असार, नेपालगन्ज : नेकपा एमालेका उम्मेदवारहरु आ–आफ्नो प्रतिबद्धतापत्र लिएर मतदाताको घरदैलोमा व्यसत छन् । यसक्रममा नेपालगन्ज उप–महानगरपालिकामा नेकपा एमालेका मेयर, उपमेयर, वडा अध्यक्ष, सदस्य पदका उम्मेदवारहरुलाई बु्धवार वडा नम्बर १२ कोरियनपुरमा घरदैलो गर्दा मतदाताहरुले भब्य स्वागत गरेका छन् ।
मेयर पदका उम्मेदवार समशुद्धिन सिद्धिकी, उपमेयर पदका उम्मेदवार शान्ती ढकाल, उक्त वडाका अध्यक्ष देबदत्त ढकाल लगायतका सदस्य पदका उम्मेदवारहरुलाई मतदाताहरुले स्वागत गरेका हुन । बिहान भएको घरदैलोमा मतदाताहरु घर बाहिर निस्किएर उम्मेदवारहरुसंगै छिमेकमा मत माग्न ब्यस्त थिए भने उनीहरु उम्मेदवारसंगै एमालेका चुनावी गीतहरुमा नाचिरहेका थिए ।
मेयर पदका उम्मेदवार सिद्धिकीले उक्त क्षेत्रका मतदाताहरुको न्यानो स्वागतले आफ्नो आत्मबल बढाएको बताएका
छन् । ‘ यो आत्मबल नै मेरो बिजयको संकेत हो’–मेयर पदका उम्मेदवार सिद्धिकीले भने । मुक्तिप्ुर, कोरियनपुर र बेलासपुरमा भएको घरदैलो बिपीचोकमा पुगेर कोणसभामा परिणत भएको थियो ।
बुधवार नै एमालेले नेपालगन्ज उपमहानगरपालिकाको वडा नम्बर २१ मा घरदैलो अभियान कार्यक्रमको आयोजना गरिएको छ । उक्त सभामा मतदाताहरुको बाक्लो सहभागिता रहेको थियो । यस्तै मध्यान्ह पार्टी कार्यालयमा निर्वाचनका क्रममा आफ्ना पार्टीका उम्मेदवारहरुलाई जिताउनका लागि युवाहरुको भुमिकाका बिषयमा छलफल भएको थियो । छलफलमा पार्टीका बैकल्पिक केन्द्रीय सदस्य मोहमद हारुन, पार्टी अध्यक्ष अशोक कोइरा, पार्टीका नेताहरु शिव डोटेल, रबिन्द्र लम्साल लगायतको सहभागिता रहेको थियो ।

कोहलपुर

बुधवार कोहलपुर नगरपालिका नेकपा एमालेको वडा न.२ ले बृहत र्याली सहितको घरदैलो अभियान र चुनावी कोण सभा गरेको छ । वडा न.२ किरणनाला,गौरीडाडा,फरेला,बर्दहवा,प्रेमनगर हुदै सिद्धनगरमा आएर कोण सभामा परिणत भएको थियो । कोण सभा नेकपा एमाले केन्द्रिय सल्लाहाकार परिषद सदस्य तथा क्षेत्र न.१ का माननिय सासद देबराज भारको प्रमुख आतिथ्यतामा सम्पन्न गरिएको थियो । अतिथिहरु नेकपा एमाले प्रदेश न.५ का सदस्य हरिभक्त अधिकारी, निर्वाचन परिचालन कमिटी सदस्य पुजन बिश्वकर्मा,जिल्ला कमिटी सदस्य तथा मेयर पदका उम्मेदवार लुट बहादुर रावत,नेकपा एमाले जिल्ला सदस्य तथा युवा बिकास परिषद बाके अध्यक्ष कमल बस्नेत,जिल्ला कमिटी सदस्य केशकुमारी भुषाल,शोभाखर अधिकारी, नगरकमिटी सचिव खिल प्रसाद भुषाल,उपमेयर पदका उम्मेदवार कृष्ण कुमारी थारु,वडाअध्यक्ष पदका उम्मेदवार कर्ण बहादुर बिसि रहनु भएको थियो ।
यसै गरि सभालाई सम्बोधन गर्दै मेयर पदका उम्मेदवार लुटबहादुर रावतले यदि एमालेलाई र मलाई मेयर पदमा जिताएमा नगर क्षेत्रका सम्पुर्ण सुकुम्बासी,भुमिहिन,अव्यवस्थित रुपमा बसोबास गरिरहेका व्यक्तिलाई तत्काल जग्गाधनी पुर्जा उपलब्ध गराउने तथा भु(उपयोग नीती बनाई सार्वजानिक जमिन र खेती योग्य जमिनको सुरक्षा तथा आवस क्षेत्रको व्यवस्थापन जोड दिए ।


राप्तीसोनारी

ः यसैबीच राप्तीसोनारी गाउ“पालिकाकाका उम्मेदवारहरुले बुधवार महादेवपुरीको ढकेरीमा बृहद घरदैलो अभियान सन्चालन गरेका छन् । उक्त गाउ“पालिकाका पार्टी इन्चार्ज सूर्य ढकालका अनुसार ढकेरीमा अध्यक्ष पदका उम्मेदवार तुलसीराम थारु, उपाध्यक्ष पदकी उम्मेदवार चमेली वाकवल, वडा अध्यक्ष उम्मेदवार कर्णबहादुर खत्रीले मतदाताहरुसंग मत मागेका थिए । बैजनाथ गाउपालिका, खजुरा गाउ“पालिका, जानकी गाउ“पालिका, डुडुवा गाउ“पालिका र नरैनापुर गाउ“पालिकामा बृहद घरदैलो गरिएको छ ।    

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

नेपालगन्जको अभिभावकत्व ग्रहण गर्ने प्रचण्डको सशर्त उद्दघोष

७ असार २०७४, बुधबार १९:४८
सदलाइनडटकम ८ असार, नेपालगन्ज : नेकपा माओवादी (केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आफु नेपालगन्जको अभिभावकत्व ग्रहण गर्ने कुराको सशर्त उद्दघोष गरेका छन् । माओवादी केन्द्रले नेपालगन्जमा आयोजना गरेको चुनावी सभालाई सम्बोधन गर्दै उनले सो उद्दघोष गरेका हुन । उनले भने–‘नेपाली काङ्ग्रेसका सभापति सुशील कोईरालाको निधनपछि नेपालगन्जबासीले राष्ट्रिय राजनीतिमा प्रभाव राख्ने […]