बाह्ृय शक्तिको ईशारामा सरकार परिवर्तन : अध्यक्ष केसी

२२ श्रावण २०७३, शनिबार ०३:५३
 

सदरलाइनडटकमchitra bdr kc
२२ साउन, काठमाडौं : निर्वतमा उपप्रधानमन्त्री एवम् राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले बाह्ृय शक्तिको ईशारामा नयाँ सरकार गठन भएको आरोप लगाएका छन् । शुक्रबार पार्टीद्वारा रिपोर्टर्स क्लबमा ‘राष्ट्रियताको रक्षा तथा संघीयताको खारेजी’ नामक अन्तरक्रिया कार्यक्रममा बोल्दै अध्यक्ष केसीले भने,‘नेपालको सत्ता परिवर्तनमा बाहृय शक्तिको हात रहँदै आएको छ, अहिलेको सरकार पनि त्यसैको शिकार भयो ।’
नेपालमा जबरजस्ती विदेशीको ईशारामा संघीयता लादिएकोले आफूले यसबारेमा सरकारमा रहँदा पनि घोर विरोध गरेको उल्लेख गर्दै भने,‘संघीयताले मुलुकको कहिल्यै भलो गर्दैन भनेर मैले धेरै पटक भनिसकेको छु, अब यसबारेमा धेरै चर्चा के गरौं, जबरजस्ती लादिएको संघीयताले मुलुक सिक्कीमीकरण र फिजिकरण हुन्छ ।’
केपी ओली नेतृत्वको सरकारले मुलुकको विकासको लागि उल्लेखनीय काम गरेको दाबी गर्दै विकास नचाहनेहरुले एकाएक डराएर सरकार ढालेको उनको आरोप थियो । कार्यक्रममा हिमलाल पुरीले सो अवधारणा पत्रमाथि प्रकाश पारेका थिए । प्रस्तुत गरिएको अवधारणापत्रमा नेपालको राष्ट्रियमाथि भारतीय विस्तारवाद र पश्चिमा साम्राज्यवादी मुलुकहरुको संगठन युरोपियन युनियनले बेग्ला बेग्लै स्वार्थका आधारमा दबाब र हस्तक्षेप गर्ने गरेको दाबी गरिएको छ ।
त्यस्तै उक्त अवधारणापत्रमा भारतीय विस्तारवादले विभिन्न शैलीमा नेपालको राष्ट्रियमाथि दबाब तथा हस्तक्षेप गर्ने गरेकोबारेमा चर्चा गरिएको छ । विज्ञप्तीमा भनिएको छ,‘आज नेपालको राष्ट्रियताको प्रश्न अत्यन्त गम्भिर बनेर आएको छ । संघीयतासँग जोडिएर आएको बहुराष्ट्रवाद, एक मधेश दुई प्रदेश, जातीय राज्य, आत्मनिर्णयको अधिकार, जातीय अग्राधिकार जस्ता मुद्दालाई भारतीय विस्तारवाद र पश्चिमा साम्राज्यवादीहरुको संगठन, युरोपियन युनियनले आ–आफ्नो राष्ट्रिय स्वार्थ तथा राजनीतिक स्वार्थ पुरा गर्ने उद्देश्यबाट नेपालका कतिपय राजनीतिक दलहरुलाई अस्त्रको रूपमा प्रयोग गर्दै आएका छन्, जसको परिणामस्वरूप नेपालको राष्ट्रियता, सार्वभौमिकता, स्वाधीनता र राष्ट्रिय अखण्डता झनपछि झन् कमजोर हुँदै राष्ट्र विखण्डनको दिशामा जान सक्ने परिस्थिति उत्पन्न भएको छ । नेपालमा संघीयताले प्रवेश पाएदेखि नै यो जटिल परिस्थितिको उत्पन्न भएको हुँदा नेपालको संविधान–२०७२ बाट संघीयता खारेजीका लागि चौतर्फी दबाब दिनुपर्ने आजको राष्ट्रिय आवश्यकत्ता बनेको छ ।’


Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

सदस्यता निलम्बन प्रकरण : निलम्बित सदस्यलाई हटाई मतदाता नामावली सार्वजनिक गरेपछि विबाद चुलिदै

२२ श्रावण २०७३, शनिबार ०३:५३
सदरलाइनडटकम, २२ साउन, नेपालगन्ज: नेपालगन्ज उद्योग बाणिज्य संघले बहुमतका नाममा संघको विधान मिचेर सदस्य निलम्बन गरेको कुरालाई जिल्ला प्रशासन कार्यालय बाँंकेले निलम्बनमा परेका सदस्यहरुका सम्बन्धमा जारी निर्देशनको अबज्ञा गरिएको छ । संघको कार्यसमितिका बहुमत पक्षले आगामि भदौ ११ गते हुने निर्वाचनलाई लक्षित गरी कोहलपुर क्षेत्रका २ सय ६ जना सदस्यलाई […]