कुकुरको खाना बढी मुल्यमा बेच्ने नेपालगञ्जको भाटभटेनीलाई २ लाख जरिमाना

सदरलाइन संवाददाता १५ आश्विन २०७८, शुक्रबार १८:३२
 


नेपालगञ्ज :  नेपालगञ्जमा सञ्चालन रहेको भाटभटेनी सुपर मार्केट एण्ड डिपार्टमेन्ट स्टोरलाई कुकुरको खाना बढी मुल्यमा बेच्ने नेपालगञ्जको भाटभटेनीलाई २ लाख जरिमाना गरिएको छ । संयुक्त बजार अनुगमन टोलीले शुक्रबार दुइ लाख रुपैयाँ जरिमाना गरेको हो ।

बाँकेको संयुक्त अनुगमन टोलीले बजार अनुगमनका क्रममा भाटभटेनी सुपर मार्केटले कुकुरका लागि तयारी खानेकुरा ‘डग फुड्स’मा ३० प्रतिशत भन्दा बढी मुल्य बढाएर बिक्रि बितरण गरेको भेट्टाएपछि सो जरिवाना गरेको हो ।

वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण कार्यालय, नेपालगञ्जका प्रमुख कृष्णप्रसाद पौड्यालले भाटभटेनी सुपरमार्केटले कुकुरलाई खुवाउने खानेकुरा ‘डग फुड्स’मा अत्याधिक मुनाफा लिनेगरी बिक्रि बितरण गरेको पाईएकोले मुल्य समायोजन गरि बिक्रि वितरण गर्ने चेतावनी सहित २ लाख जरिवाना गरिएको बताए ।

मंगलबार मात्र भाटभटेनी सुपरमार्केटमा मात्र बिक्रि बितरणको लागि तयार गरिने बेकरी उद्योगमा संयुक्त अनुगमन समितिले अनुगमन गर्दा बेकरी उत्पादनको लागि प्रयोग हुने सबै कच्चा पदार्थ म्याद गुजे्रको अवस्थामा पाईएकोले उद्योग सिज गरी भेटिएको सबै म्याद गुज्रेको कच्चा पदार्थ नियन्त्रणमा लिई २ लाख जरिवाना गरेको थियो ।


सोहि टोलीले खजुरा बजारमा गरेको अनुगमनका क्रममा अनुचित व्यापारिक क्रियाकलाप गर्ने दुइवटा व्यापारिक फर्मलाई सत्तरी हजार रुपैयाँ जरिवाना गरेको छ । लेवल नलगाइएका करिब चारसय बोरा चामल बिक्री वितरणमा रोक लगाइएको र खान अयोग्य एवं उपभोग्य म्याद समाप्त भएका करिब ६ हजार मुल्य बराबरको खाद्य सामग्री समेत नष्ट गरेको जनाएको छ ।

बजार अनुगमनमा वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण कार्यालय, नेपालगञ्जका प्रमुख पौड्याल, सोही कार्यालयका सुचना अधिकारी देवीलाल चौलागाई, जिल्ला प्रशासन कर्यालयका महेश्वर पौडेल, खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालयका विवेक सुवेदी, नेपालगञ्ज उपमहानगरपालिकाका प्रविण राना, अधिवक्ता एवं उपभोक्ता हित संरक्षण मंचका केन्द्रीय सदस्य वसन्त गौतम लगायतको सहभागिता रहेको थियो ।

भाटभटेनीमा बिक्रि हुने बेकरी म्याद गुज्रेको कच्चा पदार्थले तयार गरेको खुलासा : https://sadarline.com/2021/09/44713

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

बाँकेमा शनिवार ८ संक्रमित थपिए, ८ जना डिस्चार्ज

१५ आश्विन २०७८, शुक्रबार १८:३२
नेपालगञ्ज : बाँकेमा शनिवार थप ८ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । ८२ नमुना परीक्षण गर्दा थप ८ जनामा भाइरस संक्रमण पुष्टि भएको हो । भेरी अस्पतालमा ५२ नमुना परीक्षण गर्दा ६ जना र मेडिकल कलेज कोहलपुरमा ३० नमुना परीक्षण गर्दा २ जनामा संक्रमण देखिएको हो । यस्तै […]