नेपालगञ्जबाट कर्णालीमा हुने उडान प्रभावित

सदरलाइन संवाददाता १८ माघ २०८०, बिहीबार १४:४९
 

नेपालगञ्ज : कर्णालीका हिमाली जिल्लामा बिहानैदेखि भएको हिमपात र वर्षाका कारण नेपालगञ्जबाट हुने हवाई उडान प्रभावित भएका छन् । नेपालगञ्जबाट कर्णालीका मुगु, हुम्ला, जुम्ला र डोल्पामा दैनिक हुने उडान प्रभावित भए ।

नेपालगन्जदेखि तारा, सीता, समिट एयरलाइन्सले कर्णालीका हिमाली जिल्लामा नियमित उडान गर्दै आएका छन् । हिमपात र वर्षाले नेपालगञ्जदेखि हुने हवाई उडान नभएको नागरिक उड्डयन प्राधिकरण, राराका प्रमुख सन्तोष गौतमले बताए ।


हिमपात र वर्षाले हवाई सेवा अवरुद्ध भएपछि तराई झर्ने यात्रु र मुगु, हुम्ला जाने यात्रु एयरपोर्टमा रोकिएका छन् । बाक्लो हिमपात भएपछि मुगु–गमगढी–नाग्मा सडक पनि केही दिनसम्म रोकिने सक्ने स्थानीयको भनाइ छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

लागूऔषधसहित ३ जना पक्राउ

१८ माघ २०८०, बिहीबार १४:४९
नेपालगञ्ज : गुलरिया नगरपालिका–२ संगमबस्ती बस्ने २२ वर्षीय विजय तिरूवालाई अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने धुलो पदार्थ ५ सय २० मिलिग्रामसहित प्रहरीले पक्राउ गरेको छ । कारागार सुरक्षा गार्ड बर्दियामा खटिएको प्रहरीले बर्दिया कारागारमा रहेका कैदीबन्दीहरूसँग भेटघाट गर्न आएका तिरूवालाई जाँच गर्ने क्रममा काँचो माछाभित्र लुकाई छिपाई ल्याएको उक्त पदार्थ […]