कर्मचारी संक्रमित भएपछि नरैनापुर बन्द

सदरलाइन संवाददाता ४ माघ २०७८, मंगलवार १२:३९
 

नेपालगञ्ज : कर्मचारीमा कोभिड १९ को संक्रमण देखिएपछि बाँकेको नरैनापुर गाउँपालिका आजदेखि बन्द भएको छ । गाउँपालिका कार्यालयमा कार्यरत कर्मचारीहरुमा कोरोना देखिएपछि माघ ८ गतेसम्म गाउँपालिका बन्द गरिएको अध्यक्ष इस्तियाक अहमद शाहले जानकारी दिए ।

संक्रमित भएका सबै कर्मचारीहरु होमआइसोलेसनमा रहेको र उनीहरुको अवस्था सामान्य रहेको उनको भनाइ छ ।


प्रशासनिक काम बन्द भएपनि स्वास्थ्य सेवा भने नियमित रहेको छ । पछिल्लो दुई सातादेखि बाँकेमा कोरोना भाइरस संक्रमण तीब्रगतिमा बढ्दै गएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

प्रतिबन्धित लागुऔषधसहित बाँकेमा ४ जना पक्राउ

४ माघ २०७८, मंगलवार १२:३९
नेपालगञ्ज : बाँकेको कोहलपुरमा प्रहरीले लागुऔषधसहित ४ जनालाई पक्राउ गरेको छ । कोहलपुर नगरपालिका–११ बस्ने बिरेन्द्र थारुको घरबाट ५ सय ९० मिलिग्राम अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने धुलो पदार्थसहित ४ जनालाई पक्राउ गरेको लुम्बिनी प्रदेश प्रहरी कार्यालयले जनाएको छ । पक्राउ पर्नेहरुमा बैजनाथ गाउँपालिका–३ बस्ने ६४ वर्षीय रामचरण थारु, २५ […]

सम्बन्धित