मासुजन्य पदार्थको अवैध आयात रोकियन

२ बैशाख २०७५, आईतवार १५:०५
 

सदरलाइन  \ रविन्द्रसिंह ठकुरी
२ बैशाख, नेपालगन्ज  :  नेपालगन्ज नाकाबाट दैनिक भन्सार छलेर अबैध रुपमा भित्रिने पशुजन्य र पंक्षिजन्य बस्तुहरुमा बृद्धि भएसंगै नेपालगन्ज भन्सार कार्यालय र पशु क्वारेन्टाईन चेकपोष्ट नेपालगन्जले नाका लगायत आसपासका क्षेत्रहरुमा कडाई गर्दै आएको छ ।
नेपाल–भारत सीमाबाट दैनिक रुपमा अबैध रुपमा कुखुरा, माछालगायतका मासुजन्य पदार्थ साईकलमा भित्रिने गरेको पशु क्वारेन्टाईन चेक पोष्ट नेपालगन्जका प्रमुख रामसेवक त्रिपाठीले बताए ।
नेपालगन्ज भन्सार कार्यालयबाट आर्थिक वर्ष २०७४ / ०७५ को श्रावणदेखि चैतसम्मको पछिल्लो तथ्याङ्क अनुसार पशु क्वारेन्टाईन र सुरक्षा निकायको सक्रियतामा पशु र पंक्षिसंग सम्बन्धित अण्डा २ सय १० वटा, बोइलर कुखुरा २ हजार ८४, चल्ला संख्या १६ हजार ९ सय ३२, कुखुराको मासु ३ हजार १६ के.जी, माछा ५० के.जी, बंगुर र रागाँको मासु १६ हजार ४ सय ४० के.जी, बरामद गरि सो परिणामबाट ४ लाख ५ सय रुपैयाँ राजस्व संकलन गरिएको पशु क्वारेन्टाईनका प्रमुख त्रिपाठीले जानकारी दिए ।
यसरी भारतबाट अबैध वा भन्सार छलि गरि ल्याएका बिभिन्न पशु तथा पंक्षि जन्य बस्तुहरु क्वारेन्टाईनले प्रहरीको संलग्नतामा निश्चित ठाउमा नष्ट गर्ने र ओसार पसार गर्नेलाई नेपाल सरकारले तोके बमोजिमको कारबाहि र जरिवाना गराएर छड्ने गरेको पनि उनले बताए ।
पछिल्लो समयमा पशु क्वारेन्टाईनले मात्र सबै नियन्त्रण गर्न नसक्ने भएको हुदा यस कार्यालयले बाँकेका सबै स्थानीय तहहरुसंग सहकार्य गरि रहेको र सबैको साथ र सहयोगको आबश्यक रहेको हुदा सबैसंग सहकार्य गरि भन्सार छलि र भारतबाट अबैध वा कुनै पनि रोगको महामारीबाट बच्नका लागि सबैको सहकार्यको आबश्यक रहेको बताएको छ ।
नेपालगन्ज पशु क्वारेन्टाईन चेक पोष्टबाट अहिलेसम्म कुखुरा, माछा, बंगुर र बाख्राको मात्र चेक जाँच गरिने गरेको तर राँगा र गोरुहरुको भने आयात नहुने गरेको बताए । क्वारेन्टाईनमा पछिल्लो समयमा केहि ल्याबको आबश्यकता रहेको हुदा यहाँबाट पशुहरुको रगत लगाएत केहि परिक्षणका लागि सुर्खेत पठाउने गरेको बताए ।
पशु क्वारेन्टाईन चेकपोष्टका प्रमुख त्रिपाठीले भने ‘भारतबाट आयातित हुने पशु पंक्षिहरुको परिक्षण गर्नुपर्ने यहाँ भएता पनि केहि परिक्षण ल्याबको कमि भएको हुदा सुर्खेत पठाउनु पर्दा केहि ढिलाई हुने गरेको छ ।’

Next Post

बाँकेको डुडुवा गाउँपालिकामा विद्यालय स्वागत तथा भर्ना अभियान शुरु

२ बैशाख २०७५, आईतवार १५:०५
सदरलाइनडटकम २ बैशाख नेपालगन्ज : नयाँ शैक्षिक सत्रको लागि बाँकेको डुडुवा गाउँपालिकाले विद्यालय स्वागत तथा भर्ना अभियान आईतबारदेखि शुरु गरेको छ । ‘बच्चाको भर्ना मेरो सामाजिक दायित्व पहुचको सुनिश्चिता र सिकाईमा स्थायित्व’ भन्ने मुल नाराका साथ अभियानको शुभारम्भ गरिएको हो । गाउँपालिकाका अध्यक्ष नरेन्द्र चौधरीले अभियानको शुरुवात गर्दै गाउँपालिका अन्र्तगतका […]