एनप्याब्सनको अधिवेशन गनापुरमा शुरु

सदरलाइन संवाददाता २३ भाद्र २०८०, शनिबार १४:२८
 

 

कोहलपुर (बाँके) : राष्ट्रिय निजि तथा आवासीय विद्यालय एशोसिएशन नेपाल बाँकेको नवौं जिल्ला अधिबेशन गनापुरमा शुरु भएको छ । एनप्याब्सन बाँके अध्यक्ष श्याम कुँवरको अध्यक्षतामा भएको कार्यक्रमको उदघाटन संगठनका केन्द्रिय अध्यक्ष पान्डब हमालले गरेका थिए ।


उदघाटन सत्रमा सरकारले ल्याएको शैक्षिक बिधेयकको बारेमा चर्चा गरिएको थियो । सो अवसरमा पुर्ब केन्द्रिय अध्यक्ष कर्ण बहादुर शाही, रितुराज साप्कोटा, प्याब्सन बाँके अध्यक्ष यम बहादुर रावत, राष्ट्रिय शिक्षक सङ्गठन बाँके अध्यक्ष रेखा धिताल, शिक्षक संघ बाँके अध्यक्ष ऋषि शर्मा, शिक्षक महासंघ अध्यक्ष पवन यादब लगायतले शुभकामना मन्तब्य राखेका थिए ।

बन्द सत्रले आगामी ३ बर्षका लागि नयाँ नेतृत्व चयन गर्ने छ । एनप्याब्सन बाँकेमा ७४ विद्यालय आवद्ध रहेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

जमुनाहा नाका अस्तव्यस्त, नागरिकलाई सास्ती, तस्कर मालामाल

२३ भाद्र २०८०, शनिबार १४:२८
नेपालगञ्ज : नेपालगञ्जको जमुनाहा नाका अस्तव्यस्त बनेको छ । भन्सार कार्यालयले भारतबाट सर्वसाधारणले दैनिक उपभोगका लागि ल्याउने सामानमा कडाइ गरेपछि नाका अस्तव्यस्त बनेको हो । यसको फाइदा नाकामा खटिने सशस्त्र प्रहरीलाई र तस्करलाई भएको छ भने नागरिकहरुले सास्ती पाएका छन् । भन्सारले एक सय रुपैयाँ भन्दा बढीको भारतबाट सामान आयात […]