एमाले लुम्बिनी प्रदेश अधिवेशन प्रचार समिति गठन

सदरलाइन संवाददाता १५ पुष २०७८, बिहीबार १७:०९
 


नेपालगञ्ज  :  नेकपा एमाले लुम्बिनी प्रदेश कमिटीको आगामी माघ ८ गते नेपालगञ्जमा आयोजना हुने प्रदेश अधिवेशनलाई भव्य बनाउन बिहीबार प्रचार प्रसार समिति गठन गरिएको छ ।

नेकपा एमाले लुम्बिनी प्रदेश प्रचार विभाग प्रमुख लिला रानाको अध्यक्षतामा नेपालगञ्जमा भएको वैठकले रानाको संयोजकत्वमा २३ सदस्यीय प्रदेश अधिवेशन प्रचार समिति गठन गरेको हो ।


समितिको सह संयोजकमा शिव डोटेल, सदस्यहरुमा अछरी पोखरेल , रुद्र सुवेदी, पार्वती पान्डे, शोभाखर पन्थी, भेषराज बस्नेत, नवराज भुसाल, अमृत गिरी, भगवान भण्डारी, हेमन्त बिक, डिलप्रकाश गौतम, ज्ञानबहादुर महतरा, जानु पाण्डे, नोमराज पौडेल, मुकुन्द सुवेदी, सुदिप अधिकारी, यज्ञप्रसाद सापकोटा, ओपेन्द्र बस्नेत, विश्वराज पछल्डङ्ग्या, शकील अहमद कादरी, भगतराम थारु र रञ्जिता अधिकारी रहेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

गाडीको ठक्करबाट दाङमा एक जनाको मृत्यु

१५ पुष २०७८, बिहीबार १७:०९
नेपालगञ्ज : दाङमा गाडीको ठक्करबाट एक जनाको मृत्यु भएको छ । तुलसीपुर सुर्खेत सडकखण्ड अन्तरगत दंगीशरण गाउँपालिका ६ मा शुक्रबार विहान चारबजेतिर गाडीको ठक्करबाट सोही ठाउँका ३२ वर्षीय सुमन केसीको मृत्यु भएको हो । सडकमा घाइते अवस्थामा भेटिएका केसीलाई राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा ल्याउँदै गर्दा बाटोमा मृत्यु भएको इलाका प्रहरी […]