मजदुर दिवश :  नेतालाई आसन र भाषणमै सिमित

१८ बैशाख २०७५, मंगलवार ११:३२
 


सदरलाइनडटकम
१८ बैशाख, नेपालगन्ज : नेताले ठुला—ठुला कुरा सहितका भाषण गर्ने अनि मजदुरले जतिसुकै पट्यार लागे पनि सुन्नैपर्ने दिनका रुपमा परिणत भएको छ, अन्र्तराष्ट्रिय मजदुर दिवश । मजदुरको हकहितका सन्र्दभमा मनाइने मजदुर दिवश आसन र भाषणमै सिमित भएको छ ।
आज मंगलबार पनि बिश्वभर १२९ औं मजदुर दिवश भब्यताका साथ मनाईदैछ । नेपालमा भने यो दिवश भाषण र आसनमै सिमित भएको छ । बाँकेमा यसै अवसर पारेर बिभिन्न कार्यक्रम गरिदैछ । दलगत र स्वतन्त्र मजदुर संगठनहरुले यो दिवश मनाइरहेका छन् ।
नेताहरु मञ्चमा हुन्छन् मजदुर तल । अनि नेता घण्टौसम्म मजदुर हकहितका लागि बोल्छन् । ‘दिनभर अनेक आश्वासनको पोका सहितको भाषण गर्छन नेता , पट्यार लागे पनि सुनिदिनै पर्छ ।’—नेपालगन्जमा ठेला चलाउने मजदुर रमेश खटिकले भने,—‘यो मजदुर दिवश हाम्रा लागि भने नेताका लागि हो ।’
मजदुरहरु अहिले पनि आधारभुत सुविधाबाट बन्चित छन् । उनीहरु मालिकबाट शोषणमा परेका छन् । तर नेताहरुले यो बिषयमा खासै चासो दिएको पाईदैन । कोहलपुरका मजदुर दिनेश बिकले भने,—‘नेताहरुले गर्दै नगरेको त होइन तर जति गर्नुपथ्र्यो त्यो कुरामै सिमित भएको छ ।’

Next Post

कैलाली भ्रमण बर्षको तयारी तिव्र

१८ बैशाख २०७५, मंगलवार ११:३२
सदरलाइनडटकम १८ बैशाख, नेपालगन्ज : आगामी वैशाख २२ गते कैलालीको चिसापानीबाट आरम्भ हुने कैलाली भ्रमण वर्ष २०७५ को तयारी अन्तिम चरणमा पुगेको छ । कैलाली भ्रमण वर्ष २०७५ को प्रधानमन्त्री केपी शर्मा ओलीले विशेष समारोहबीच आगामी २२ गते चिसापानीमा उद्घाटन गर्ने कार्यक्रम रहेको छ । ‘पर्यटकीय क्षेत्रको संरक्षण, सम्वर्द्धन एवं […]