पूर्व प्रहरी उपरीक्षक विष्टको बयान शुरु

५ चैत्र २०७५, मंगलवार १८:४०
 

सदरलाइनडटकम,
कञ्चनपुर : कञ्चनपुरकी १३ वर्षीया बालिका निर्मला पन्त हत्या प्रकरणमा सार्वजनिक न्यायविरुद्धको कसुर र यातनाविरुद्धको कसुर मुद्दामा फरार रहेका पूर्व प्रहरी उपरीक्षक डिल्लीराज विष्टको प्रारम्भिक बयान शुरु भएको छ ।
मंगलवार निवेदनसहित अदालतमा उपस्थित भएका विष्टको प्रारम्भिक बयान जारी रहेको कञ्चनपुर जिल्ला अदालतका श्रेष्तेदार हरिकष्ण अवस्थीले बताए । दुईवटा मुद्दा भएकाले मंगलवार बयान लिने काम नसकिएको र बुधवार पनि बयान लिइने उनले जानकारी दिए । विष्टलाई जिल्ला प्रहरी कार्यालयको हिरासतमा राखिएको छ ।
उता, विष्टसँगै प्रहरीको फरारको सूचीमा रहेका केन्द्रीय अनुसन्धान ब्यूरो (सिआईबी) का डीएसपी अंगुर जिसी भने सम्पर्कमा आएका छैनन् । निर्मला पन्त हत्या प्रकरणमा विष्टसहित प्रहरी कर्मचारीविरुद्ध निर्मलाका आमा दुर्गादेवी पन्तले सार्वजनिक न्याय विरुद्धको कसुर र दिलिपसिंह विष्टका दाजु खड्क विष्टले यातना विरुद्धको कसुरमा गएको पुष ३ गते उजुरी दिएका थिए ।
मुद्दाका अन्य प्रहरी कर्मचारीहरु प्रहरी नायव उपरीक्षक ज्ञानबहादुर सेटी, प्रहरी निरीक्षक एकिन्द्र खड्का र जगदीशप्रसाद भट्ट, प्रहरी नायव निरीक्षक हरसिंह धामी र रामसिंह धामी, प्रहरी जवान चाँदनी साउँद यसअघि जिल्ला अदालत कञ्चनपुरबाट धरौटीमा रिहा भइसकेका छन् ।

Next Post

तालिममा महिलालाई मेशिन प्रदान

५ चैत्र २०७५, मंगलवार १८:४०
सदरलाइनडटकम, नेपालगञ्ज : विपन्न वर्गका महिलाहरुको लागि सञ्चालन गरिएको सिलाइकटाई तालिम तथा हाते मेशिन हस्तान्तरण कार्यक्रम मंगलवार सम्पन्न भएको छ । नेपालगञ्ज उपमहानगरपालिका १९ को सहयोगमा तथा रुसुफ मल्टिप्रपोज प्रलिको आयोजनामा सञ्चालित दुई महिने कार्यक्रममा १६ जनालाई सिलाई कटाईको हाते मेशिन हस्तान्त्रण गरिएको हो । मेशिनसँगै कैचि, स्केललगायतका सामग्रीसमेत हस्तान्त्रण […]