मालपोतबाट ८ जना कर्मचारी नियन्त्रणमा

४ चैत्र २०७५, सोमबार २३:०७
 

सदरलाइनडटकम,
नेपालगञ्ज : बाँके प्रहरीले ८ जना कर्मचारीलाई सरकारी कागजात किर्ते गरेको आरोपमा नियन्त्रणमा लिएको छ ।

जिल्ला प्रहरी कार्यालय बाँकेका प्रमुख प्रहरी उपरीक्षक अरुण पौडेलले सरकारी जग्गाको कागजात किर्ते गरेको आरोपमा सोमबार बेलुका भुमिसुधार तथा मातपोत कार्यालय बाँके र बर्दियाका ८ जना कर्मचारीलाई नियन्त्रणमा लिई अनुसंधान सुरु गरेको जानकारी दिए ।


उनले भुमिसुधार तथा मातपोत कार्यालय बाँकेका ५, सोही कार्यालयबाट सुरुवा भर्ई गएका जिल्ला हुलाक कार्यालय बाँकेका १ जना र बर्दिया मालपोत बाट २ जना गरि ८ जना कर्मचारीलाई पक्राउ गरिएको बताए ।

प्रहरी उपरीक्षक पौडेलले पक्राउ परेका कर्मचारीले सरकारी जग्गा व्यक्तिको नाममा नामसारी गर्न सरकारी कागज किर्ते गरेको प्रारम्भिक अनुसन्धानबाट खुल्न आएको जानकारी दिए ।

Next Post

विश्व मुख स्वास्थ्य दिवसमा नेपालगञ्जमा शिविर

४ चैत्र २०७५, सोमबार २३:०७
सदरलाइनडटकम, नेपालगञ्ज : बिश्व मुख स्वास्थ्य दिवसका अवसरमा नेपालगञ्जमा मंगलवार सञ्चालन गरिएको निःशुल्क दन्त शिविरमा पाँच सय बढिले स्वास्थ्य परीक्षण गराएका छन् । बिश्व मुख स्वास्थ्य दिवसको पूर्व सन्ध्यामा नेपालगञ्ज उपमहानगरपालिकाको मूल ढोकामा आयोजना गरिएको शिविरमा पाँच सय पाँच जनाले दन्त परीक्षण गराएका हुन् । नेपालगञ्जका मेयर डा.धवल शम्शेर राणाले […]