बाँकेमा एकजनामा मात्र कोरोना देखियो

सदरलाइन संवाददाता १४ पुष २०७८, बुधबार १५:२७
 

नेपालगञ्ज : बाँकेमा बुधवार थप १ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । जिल्लाका एकवटा प्रयोगशालामा १६ नमुना परीक्षण गर्दा थप १ जनामा भाइरस संक्रमण पुष्टि भएको जिल्ला कोभिड–१९ व्यवस्थापन केन्द्रले जनाएको छ ।

भेरी अस्पतालमा १६ नमुना जाँच्दा एक जनामा कोरोना देखिएको हो । संक्रमण पुष्टि भएका व्यक्ति बर्दियाका हुन् ।


योसँगै बाँकेमा कोरोना संक्रमितको संख्या १८ हजार ४ सय ९९ पुगेको छ । यस्तै १ जना डिस्चार्ज भएका छन् । योसँगै बाँकेमा डिस्चार्ज हुनेको संख्या १८ हजार १ सय ४५ पुगेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

सुर्खेतमा भत्काइएको वीरेन्द्रको शालिक पुनः स्थापित

१४ पुष २०७८, बुधबार १५:२७
नेपालगञ्ज : सुर्खेतको वीरेन्द्रचौकमा स्वर्गीय राजा वीरेन्द्रविरबिक्रम शाहको शालिक राखिएको छ । वीरेन्द्रको ७६औं जन्मजयन्तिको अवसरमा वीरेन्द्रचौकमा अर्ध कदको शालिक राखिएको हो । युवाहरूको समूहले चौकमा शालिक राखेको हो । यो समूहको अगुवाइ गोरक्ष पिठादिस योगी बलभद्रले गरेका हुन् । उनकै अगुवाइ युवाहरूको समूहले वीरेन्द्रचौकमा शालिक राखेको हो । इतिहासलाई […]