नेपालगञ्जमा शिवरात्रीको अवसरमा खडेश्वर जुंगे महादेवको दर्शन

सदरलाइन संवाददाता १७ फाल्गुन २०७८, मंगलवार १३:४३
 


नेपालगञ्ज :  महाशिवरात्रीको अवसर पारेर आराध्यदेव भगवान् शिवको पूजा–आराधना गरी देशभर महाशिवरात्री पर्व मनाईएको छ । यसक्रममा पश्चिम नेपालकै शक्तिपिठ मध्येको बागेश्वरी मन्दिर पूर्व तलाउको बीचमा स्थापना भएको खडेश्वर जुंगे महादेवको मन्दीरमा विषेश भिड रहेको छ ।

हिन्दू धर्मावलम्बी श्रद्धालुहरुले नेपालकै एकमात्र खडेश्वर जुँगे महादेवको मन्दिरमा गई श्रद्धा भक्तिपूर्वक पूजा–आराधना गरि महाशिवरात्री पर्व मनाएका हुन ।मंगलबार बिहानैदेखि शिव भगवान प्रति आस्था राख्ने भक्तालुहरुले श्रद्धा भक्तिपूर्वक पूजा–आराधना गरि शिवरात्री पर्व मनाएका छन् ।

शिव भगवानको पुजापाठ गर्नाले मनले चिताएको पुरा हुने विश्वासले खडेश्वर जुँगे महादेवको पूजापाठ गर्न छिमेकी मूलुक भारत लगायत नेपालका बिभिन्न जिल्लाबाट आई पूजापाठ गर्नेहरुको भिड छ ।

शिवरात्रीको पावन अवसरमा पूजापाठ गर्न आफू जाजरकोटबाट आएको भन्दै कुनै किसिमको दुबिधा नभई सहज तरिकाले पूजापाठ गर्न पाएको एकदेव शर्मा बताउछन ।
शिवरात्री पर्वको अवसर पारेर खडेश्वर जुँगे महादेवको पूजापाठ गर्न आएको नेपालगञ्जका गोपीचन्द्र वर्णवालको भनाई छ । उनले राणाकालदेखि स्थापना भएको खडेश्वर जुँगे महादेवको मूर्ति नेपालगञ्ज बाहेक अन्य स्थानमा नभएकाले यसको छुट्टै महत्व रहेको बताए ।


नेपालकै एकमात्र खडेश्वर जुँगे महादेवको पूजापाठ गर्न आज बिहान ६ बजेदेखि लाईनमा बसेको जुम्लाका गोकर्ण शर्माको भनाई छ पहिलोपटक खडेश्वर जुँगे महादेवको पूजापाठ गर्ने अवसर पाएको उनी बताउछन ।

आज दिनभर मनाईने महाशिवरात्रीको पूजापाठलाई सहज बनाउन बाँके प्रशासनले सुरक्षा ब्यबस्थाको राम्रो प्रबन्ध मिलाएको छ । दुई वर्षसम्म कोरोनाको कारण मन्दीरमा दर्शन गर्न नपाएका भक्तजनहरुको देशमा शान्ति आउने र कोरोना संक्रमण चाँडै हटेर जाने महाशिवरात्रीको अवसरमा बिश्वास ब्यक्त गरेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

एमाले सांसद बानियाँ नेपालगञ्ज विमान स्थलबाट प्रहरी नियन्त्रणमा, बुधबारमात्र म्याद थप हुने

१७ फाल्गुन २०७८, मंगलवार १३:४३
नेपालगञ्ज :  नेकपा एमालेका सांसद मोहन बानियाँ जबर्जस्ती करणीको आरोपमा नेपालगञ्ज विमानस्थल राँझाबाट प्रहरी नियन्त्रणमा परेका छन् । उनी बिरुद्ध जबरजस्ती करणी गरेको भन्दै जिल्ला प्रहरी बाँकेमा उजुरी परेसंगै बेपत्ता रहेका थिए । प्रहरीले बानियाँलाई नेपालगञ्ज विमानस्थलबाट नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय बाँकेका डीएसपी मधुसुदन न्यौपानेले बताए । उनले भने–‘जबरजस्ती […]