राप्रपा अध्यक्ष कमल थापा भन्छन : पार्टीको ग्रहदशा बिग्रेर लज्जास्पद हार भो

१५ पुष २०७४, शनिबार १९:०८
 

सदरलाइन / रुद्र सुवेदी,      
१५ पुस, नेपालगन्ज : राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष तथा उपप्रधानमन्त्री कमल थापाले पार्टीको ग्रहदशा विग्रेको कारण लज्जास्पद हार व्यहोर्नु परेको बताएका छन् । शनिबार राप्रपा बाँकेले नेपालगन्जमा आयोजना गरेको पत्रकार भेटका अवसरमा बोल्दै उनले सो कुरा बताएका हुन ।
हालै सम्पन्न निर्वाचनमा पार्टीले व्यहोरेको हारका कारण पार्टी कार्याकर्तामा रहेको नैराश्यतालाई समीक्षा गरी पार्टीलाई नयाँ उर्जा दिने उद्देश्यले आफु नेपालगन्ज आएको बताए पनि राप्रपा अध्यक्ष थापा पूर्व राजा ज्ञानेन्द्र संग भेटबार्ताको लागि नेपालगन्ज आईपुगेका हुन ।
उनले भने–‘राजतन्त्र र हिन्दूत्वको एजेण्डा बोकेको पार्टीले राष्ट्रिय पार्टी नै बन्न नसक्ने गरी ३ प्रतिशित थ्रेसहोल्ड नै कटाउन नसक्नु दुर्भाग्य हो ।’ उनले अवका दिनमा सदनमा राजतन्त्र र हिन्दूत्वको विषयमा आवाज उठाउनेहरुको उपस्थिति नै नहुने अवस्था आएको बताउदै भने–‘हामीले हिन्दु राष्ट्र र राष्ट्रियताको एजेण्डा बोक्दा ग्रहदशा विग्रियो, जनताले सडकमा ल्याए । तर ती एजेण्डा पनि अहिले कमजोर भएका छन्, अब सडकबाटै एजेण्डा स्थापित गर्न संघर्ष गर्छौं ।’
राप्रपा अध्यक्ष थापाले शनिबार नै पूर्वराजा ज्ञानेन्द्रसंग करिव डेढ घण्टा भुजईगाउमा रहेको होटल सोल्टीमा शिष्टाचार भेट गरेको बताए । उनले आफ्नो भेट शिष्टाचार मात्र भएको स्पष्ट पारे । उनले भने–‘ अघि दिउसो उहाँसग शिष्टाचार भेट भएको हो । शिष्टाचार भेटमा शिष्टाचार कुरा मात्रै भयो अन्य केही भएन ।’
उनले पूर्व राजाको मध्य तथा सुदूर पश्चिमको भ्रमण होटलको उद्दघाटन र यस क्षेत्रको पर्यटकिय र धार्मिक स्थलको भ्रमणको लागि मात्र भएको आफुले जानकारी पाएको बताउदै भने–‘पूर्व राजाको मध्य र सुदुर पश्चिम भ्रमण राजनीति उद्देश्यले अभिप्रेरित भएको जस्ता मलाई लाग्दैन मात्र होटल सोल्टीको उद्दघाटन, धार्मिक भ्रमणको लागि मात्र भएको आफुले पाए ।’
उनले आफुहरु बीचको भेटका अवसरमा पूर्व राजासंग देशको हालको परिस्थितिको बारेका विचा आदान प्रदान गरिएको बताए । उनले भने–‘हामी दुईबीचको भेटमा उहाँ (पूर्व राजा)ले राप्रपाको कार्यक्रमको बारेमा चासो राख्नु भयो र मैले पनि उहाँको भ्रमणको बारेमा जिज्ञासा राखेको थिए । यो भेट त्यस्तो कुनै राजनीतिक दृष्टिले अर्थ राख्ने नभई नितान्त शिष्टाचार मात्र हो ।’
उनले हाल राष्ट्रिय सभा गठन सम्बन्धित विधयेक प्रमाणिकरण संगै विद्यमान राजनीतिक गतिरोध अन्त्य भएकोले सोमबारको क्याविनेटले राष्ट्रिय सभाको निर्वाचनको मिति तोकेपछि निर्वाचन आयोगले निर्वाचनका बाँकी सबै प्रकृया पुरा गरेर नयाँ सरकार गठनको प्रकृया अघि बढ्ने बताए ।
राप्रपा अध्यक्ष थापाले निर्वाचनको पराजयका कारण कार्यकर्ताहरु हतोत्साहीत भएका कारण आफु देशभरमा कार्यकर्तालाई हौसला प्रदान गर्न दौडिरहेको बताए । उनले कार्यकर्ताहरुलाई निर्वाचनको परिणामबाट कत्ति पनि नआत्तिन अनुरोध गर्दै भने–‘हामीले सोचेका पनि थिएनौं, तीन प्रतिशत भन्दा कम मत आउँछ भनेर । यो परिणामले कार्यकर्तामा केही निराशापन छाएको छ, तर आत्तिनुपर्दैन एकपटक लडेपछि फेरी उठ्न सकिन्छ ।’
उनले निर्वानको हारबाट शोक मनाउनभन्दा समक्षिा गर्दै कारण पत्ता लगाउन देश दौडाहमा लागेको बताए । ‘हारको पीडामा विरित्तिएर रोइलो गर्नुभन्दा गाउनु वेस,’ उनले थपे, ‘त्यसैले हारबाट पाठ सिक्दै पुनः स्थापीत हुन गाइरहेका छौं ।’ पटक–पटक सरकारमा जाने प्रवृतिले गर्दा राप्रपा खुम्चीएको हो ? भन्ने सञ्चारकर्मीको प्रस्नमा अध्यक्ष थापाले भने, ‘पक्कै पनि जनताले त्यही सोचेर नै सडकमा पु¥याएका होलान, अब हामी सच्चिएर अगाडि बढ्ने छौं ।’
उनले राप्रपा सरकारमा बसेर भन्दा पनि सडकबाट संघर्ष गरोस भनने जनताको चाहाना भएकाले निर्वाचनमा पराजय भोग्नुपरेको अनुभव बताउदै राप्रपाको हारले देशमा हिन्दु धर्म र राष्ट्रियता संकटमा परेको अध्यक्ष थापाले उल्लेख गरे । यही पुस १९–२१ गते केन्द्रीय कार्यसमितिको बैठक तय भएकाले बैठकमा नै निर्वाचनको समिक्षा र आगामी रणनीतिका विषयमा व्यापक छलफल हुने बताए ।

Next Post

राप्रपा अध्यक्ष कमल थापा पूर्वराजासंगको भेटबारे के भन्छन हेर्नुहोस भिडियो सहित

१५ पुष २०७४, शनिबार १९:०८
सदरलाइनडटकम    १५ पुस, नेपालगन्ज : राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष तथा उपप्रधानमन्त्री कमल थापाले शनिबार दिउसो पूर्व राजा ज्ञानेन्द्र शाहलाई नेपालगन्जमा भेटेका छन् । उनले आफ्नो भेट शिष्टाचार मात्र भएको स्पष्ट पारे । उनले भने–‘ अघि दिउसो उहाँसग शिष्टाचार भेट भएको हो । शिष्टाचार भेटमा शिष्टाचार कुरा मात्रै भयो ।’ […]