सदरलाइनडटकम,
नेपालगञ्ज : बाँकेका आइसोलेशन सेन्टर रित्तिँदै गएका छन् । कोरोना संक्रमण देखिएका ब्यक्तिहरु निको हुँदै घर जाने क्रम बढेपछि बाँकेका आइसोलेशन सेन्टर रित्तिँदै गएका हुन् ।
मंगलवार एकजना व्यक्ति निकाके भएर घर फर्केसंगै अव बाँकेका आइसोलेशनमा २९ जनामात्र बाँकी छन् । कोरोना संक्रमितहरु धमाधम डिस्चार्ज भएसँगै ९ वटा आइसोलेशन सेन्टर खाली भइएका छन् ।
कोहलपुरस्थित पिपरीको आइसोलेशन सेन्टरबाट मंगलवार एकजना कोरोना संक्रमित निको भई डिस्चार्ज भएको जिल्ला स्वास्थ्य कार्यालय बाँकेका कोरोना फोकल पर्सन नरेश श्रेष्ठले जानकारी दिए ।
