नेपालगञ्ज : सुर्खेतको वीरेन्द्रचौकमा स्वर्गीय राजा वीरेन्द्रविरबिक्रम शाहको शालिक राखिएको छ । वीरेन्द्रको ७६औं जन्मजयन्तिको अवसरमा वीरेन्द्रचौकमा अर्ध कदको शालिक राखिएको हो ।
युवाहरूको समूहले चौकमा शालिक राखेको हो । यो समूहको अगुवाइ गोरक्ष पिठादिस योगी बलभद्रले गरेका हुन् । उनकै अगुवाइ युवाहरूको समूहले वीरेन्द्रचौकमा शालिक राखेको हो ।
इतिहासलाई जोगाउनुपर्ने भन्दै सालिक राखिएको युवाहरूले बताएका छन् । वीरेन्द्रनगरको विकासमा योगदान पुर्याएको भन्दै २०४४ सालमा पहिलो पटक वीरेन्द्रचौकमा वीरेन्द्रको सालिक राखिएको थियो ।
तर, २०६२/०६३ मा आन्दोलनले वीरेन्द्रको शालिक फालिदिएका थिए । आन्दोलनकारीले गणतन्त्रको नारा लगाउँदै शालिक तोडफोड गरेर सालिक भत्काइ दिएका थिए ।