रारा म्याराथनको सद्भावना दुतमा मिरा राई

सदरलाइन संवाददाता १३ पुष २०७८, मंगलवार १६:२९
 

नेपालगञ्ज : किर्तिमानी अल्ट्रा म्याराथन धाविका मीरा राई आगामी वैशाख ११ गते आयोजना हुने रारा म्याराथनको सद्भावना दुत(गुडवील एम्वासडर) भएकी छन् ।

मुगुको प्रसिद्ध मनमोहक रारा तालबाट सुरु भई चुचेमारा हिमाल, डाँफे लेक, हुँदै जुम्ला बजार पुगेर समापन हुने रारा म्याराथनको तयारी तीव्र पारिएको छ । अन्तरालको आयोजना र व्यवस्थापनमा रहेको उक्त म्याराथनमा पुरुष तथा महिला फुल म्याराथन दुई विधामा समान पुरस्कार रहनेछ ।

सद्भावना दुतका रुपमा मीराले रारा म्याराथनमा समेत सहभागी हुनेछिन् । मीरा राई विश्व एथलेटिक्स जगतमा साहसिक नेपाली टे«ल तथा स्काई रनरका रुपमा परिचित एथलेट हुन् । दर्जनौं अन्तराष्ट्रिय प्रतियोगितामा सहभागि भएर पदक जित्न सफल मीरा सन् २०१७ को ‘नेसनल जोग्रफी एडभेन्चर अफ द एयर विजेता हुने ।


रारा म्याराथनका अध्यक्ष जयनारायण शाहले मीरा राई जस्तो कीर्तिमानी धाविकालाई सद्भावना दुतको रुपमा पाउँदा रारा म्याराथनको उचाई बढेको बताए । उनले भने, ‘मीरा राई जस्तो व्यक्तित्व, जसको जीवनयात्रा सुन्दा दन्त्यकथा जस्तो लाग्छ । उहाँको अनुभव, साहस र अन्तराष्ट्रिय अनुभवबाट नयाँ खेलाडीले धेरै कुरा सिक्नेछन ।

रारा म्याराथनले कर्णाली प्रदेशको पर्यटन र विकासमा पनि टेवा पुग्ने अपेक्षा गरिएको छ । जलवायु परिवर्तन र मानिसहरुको बढ्दो आगमनले रारा तालको पर्यावरणमा पर्ने असर बारे सचेतना फैलाउनु पनि कार्यक्रमको उद्देश्य हुनेछ ।

म्याराथनलाई भव्यता दिन सबैपक्षसँग छलफल अघि बढेको उल्लेख गर्दै रारा म्याराथनका इभेन्ट कोअर्डिनेटर चक्रबहादुर चन्दले सबैलाई सहकार्यका लागि अनुरोध गरे ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

बाँके क्षेत्र नं. २ बाट प्रतिनिधीसभाको चुनाव लडछु : राणा

१३ पुष २०७८, मंगलवार १६:२९
नेपालगञ्ज : नेपालगञ्ज उपमहानगरपालिकाका मेयर डा धवलशम्शेर राणाले आगामी निर्वाचनमा बाँके क्षेत्र नम्वर दुईबाट प्रतिनिधिसभामा चुनाव लड्ने घोषणा गरेका छन् । सञ्चारकर्मीसँग कुराकानी गर्दै राप्रपाका महामन्त्रीसमेत रहेका राणाले गृहनगर नेपालगञ्जको विकास गर्ने अभिभारा पूरा गरिसकेकाले अव राष्ट्र निर्माणको जिम्मेवारीसहित प्रतिनिधिसभामा चुनाव लड्ने घोषणा गरेका हुन् । उनले हिन्दु राष्ट्र र […]

सम्बन्धित