बाँके क्षेत्र नं. २ बाट प्रतिनिधीसभाको चुनाव लडछु : राणा

सदरलाइन संवाददाता १४ पुष २०७८, बुधबार १४:४६
 

नेपालगञ्ज : नेपालगञ्ज उपमहानगरपालिकाका मेयर डा धवलशम्शेर राणाले आगामी निर्वाचनमा बाँके क्षेत्र नम्वर दुईबाट प्रतिनिधिसभामा चुनाव लड्ने घोषणा गरेका छन् ।

सञ्चारकर्मीसँग कुराकानी गर्दै राप्रपाका महामन्त्रीसमेत रहेका राणाले गृहनगर नेपालगञ्जको विकास गर्ने अभिभारा पूरा गरिसकेकाले अव राष्ट्र निर्माणको जिम्मेवारीसहित प्रतिनिधिसभामा चुनाव लड्ने घोषणा गरेका हुन् ।


उनले हिन्दु राष्ट्र र राजासहितको प्रजातन्त्र राप्रपाको मुख्य एजेण्डा रहेकाले यस्लाई स्थापित गराउन सबैको सहयोगको आव्हानसमेत गरे । उपमहानगरपालिकाको विकास निर्माणमा आफुलाई नगरबासीले महत्वपूर्ण सहयोग गरेको भन्दै राणाले आगामी दिनमा पनि सहयोगको अपिल गरे ।

नेपालगञ्ज निवासी राणाले आफ्नो निर्वाचन क्षेत्रको विकास निर्माणसँगै अव देशको विकास निर्माण गर्ने जिम्मेवारी पुरा गर्ने गरी अघि बढ्ने उद्घोष गरे ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

तेस्रो लिङ्गीमैत्री संरचना निर्माणका लागि दबाव

१४ पुष २०७८, बुधबार १४:४६
नेपालगञ्ज : बाँकेमा अपाङ्गता, बालबालिका, महिला र तेस्रो लिङ्गीमैत्री भवन संरचना निर्माणका लागि दवाव दिन थालिएको छ । विवाद, द्वन्द्व र सार्वजनिक सरोकारका सवालमा सहजीकरण गर्दै आएको संवाद समूहले अपाङ्गता, बालबालिका, महिला र तेस्रो लिङ्गीमैत्री भवन संरचना निर्माणका लागि सरोकारवालासँग संवाद गर्दै दवाव दिन थालेको हो । सरकारी भवनहरु निर्माण […]