नेपालगञ्ज : जिल्लाका तीनवटा प्रयोगशालामा बिहीबार थप १५४ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । जिल्लामा केहि दिनदेखि निरन्तर संक्रमण दर घटिरहेको छ ।
कुल ४३२ नमुना परीक्षण गर्दा १५४ जनामा संक्रमण पुष्टि भएको जिल्ला कोभिड व्यवस्थापन समितीले जनाएको छ ।भेरी अस्पताल प्रयोगशालामा ३१० नमूना परीक्षण गर्दा १२६ जना, बागेश्वरी ल्याबमा ६५ नमुना परीक्षण गर्दा २५ जना र मेडिकल कलेज कोहलपुरको ल्याबमा ५७ नमुना परीक्षण गर्दा ३ जनामा गरि कुल १५४ जनामा संक्रमण पुष्टि भएको हो ।
संक्रमण पुष्टि हुनेहरुमध्ये ६८ जना बाँकेका छन् । ३० जना महिला र ३८ जना पुरुष गरि जिल्लाका थप ६८ जनामा संक्रमण पुष्टि भएको हो । हालसम्म बाँकेमा ७९ हजार ५६६ जनाको पीसीआर परीक्षण भएको छ ।
बिहीवार जिल्लाका ४० जना डिस्चार्ज भएका छन् । २६ जना महिला र १६ जना पुरुष कोभिड संक्रमणबाट निको भएको समितीले जनाएको छ । कोरोना भाइरस संक्रमणका कारण २४ घण्टामा जिल्ला बाहिरबाट आएका ७ जनाको मृत्यु भएको छ ।