बाँके युनेस्कोद्वारा मानवबेचविखन बिरुद्धका अभियन्तालाई क्षमता विकास तालिम

सदरलाइन संवाददाता ७ पुष २०७८, बुधबार १५:२७
 

नेपालगञ्ज : प्लान नेपालको सहयोगमा सञ्चालित रोकथाम, पहिचान, शिक्षा र रुपान्तरण (प्रोटेक्ट) परियोजना अन्तरगत बाँके युनेस्को क्लबले मानवबेचविखन रोकथाममा क्रियाशिल बाँकेका चारवटा पालिकाका अभियन्ताहरुका लागि नेपालगञ्जमा दुई दिने क्षमता विकास तालिम सम्पनन गरेको छ ।

सो परियोजना अन्तरगत मानवबेचविखन विरुद्धको अभियान रोकथाम नै समाधान भन्ने मुल नाराका साथ छनोट गरिएका युवा अभियन्ताका लागि मंगलवार शुरु गरिएको तालिम बुधबार समापन गरिएको क्लबले जनाएको छ ।

समुदायका युवाहरुलाई मानव बेचबिखन, बालअधिकार र बालसंरक्षणको क्षेत्रमा सक्षम बनाउँदै बाँके जिल्लामा मानव बेचबिखनको रोकथाम र सम्बोधन कार्यलाई सफल पार्न युवा अभियन्ताहरुका लागि तालिम शुरु गरिएको क्लबका प्रमुख संरक्षक प्रवेज अली सिद्दिकीले जानकारी दिए ।


 सो तालिममा नेपालगञ्ज उपमहानगरपालिका, कोहलपुर नगरपालिका, बैजनाथ गाउँपालिका र खजुरा गाउँपालिकाका अभियन्ताको सहभागिता रहेको सो तालिमको सहजिकरण आशिस बर्माले गरेका थिए ।

सो तलिममा मानवबेचविखनका जोखिमताहरु, जोखिममा रहेका बालबालिकाहरुका आबश्यकताको पहिंचान, सहयोगका क्षेत्रहरु, जोखिम कम गर्ने उपायहरु, जोखिम अबस्थाका बालबालिका र परिवारको पहिंचान, त्यसका बिधीहरु लगायत समग्र बाल संरक्षणको बिषयहरुमा तालिम दिइएको थियो ।

तलिम उदघाटनको अवसरमा युनेस्को बाँकेका सल्लाहकार रुद्र सुवेदी, प्लान इन्टरनेसनल नेपालका कार्यक्रम संयोजक सन्तोष पुलामी, बाँके युनेस्को क्लबका कार्यक्रम संयोजक विनिता आरसी, लगायतको उपस्थिति रहेको परियोजनाका फिल्ड अफिसर शंकरसिंह थारुले बताए ।

यसैविच मंगलवारनै बाँके युनेस्को क्लबले सोही परियोजना अन्तर्गत स्टिक एण्ड स्टोन सम्बन्धी तालिम दिएको खजुरा २ मा रहेको योगिनी मावि र वडा नम्बर ३ मा सामाजिक व्यवहार परिवर्तनको अनुगमन गरेको छ । क्लबका प्रमुख संरक्षक सिद्दिकीको नेतृत्वमा अनुगमनमा गएको टोलीमा क्लबका कार्यकारी निर्देशक रवि तुलाधर, कार्यसमिति सदस्य फिरदौस जहाँ, परियोजनाका फिल्ड अफिसर शंकरसिंह थारु र रन्जना विकको सहभागिता रहेको थियो । अनुगमन टोलीले लक्षित वर्गलाई भेटेर कार्यक्रमको उपलब्धी बारे अनुगमन गरेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

बाँकेमा एक जनामा मात्र कोरोना

७ पुष २०७८, बुधबार १५:२७
नेपालगञ्ज : बाँकेमा बिहीवार १ जनामा मात्र कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । जिल्लाका तीन वटा प्रयोगशालामा ५० नमुना परीक्षण गर्दा १ जनामा भाइरस संक्रमण पुष्टि भएको हो । मेडिकल कलेज कोहलपुरमा ३६ नमुना परीक्षण गर्दा १ जनामा भाइरस संक्रमण देखिएको जिल्ला कोभिड १९ व्यवस्थापन केन्द्रले जनाएको छ । […]