भेरी अस्पतालका मेसु थापासहित पाँच जनालाई वारवरा फाउण्डेशनको सम्मान

सदरलाइन संवाददाता १६ श्रावण २०७८, शनिबार १८:०३
 


काठमाण्डौं : कोरोना कहरमा उत्कृष्ठ सेवा प्रवाह गरेको भन्दै भेरी अस्पतालका नेपालगञ्जका मेसु, प्रमुख कन्सल्टेन्ट फिजिसियनसहित सातजना कर्मचारी वारवरा फाउन्डेसनबाट शनिबार काठमाण्डौमा सम्मानित भएका छ्न ।

भेरी अस्पताल नेपालगञ्जका मेसु डा. प्रकाशबहादुर थापा, प्रमुख कन्सल्टेन्ट फिजिसियन डा. राजन पाण्डे, नर्सिङ अधिकृत शीला शर्मा, नर्सिङ स्टाफ मधु गुरुङ, एलिना विक, प्रयोगशाला सह– इन्चार्ज प्रसिद्ध ढकाल र सरसफाइकर्मी कविता डिसी सम्मानित भएका हुन र


आयोजक संस्थाले उनीहरुलाई छनौट गरेको विधागत अनुसार चिकित्सा क्षेत्रबाट डा. पाण्डे, अस्पताल प्रशासनबाट डा. थापा, नर्सिङ क्षेत्रबाट शर्मा, गुरुङ र विक, प्रयोगशालाबाट ढकाल र सरसफाइकर्मीबाट डीसीलाई छनौट गरी सम्मान गरेको हो ।

कोरोना महामारीको हटस्पट बनेको नेपालगञ्जको भेरी अस्पतालमा बिरामीको उपचारमा अहोरात्र खटिएर काम गरेबाफत उनीहरुलाई ‘वारवरा फाउन्डेसन कोभिड– १९ विशिष्ट’ बाट सम्मानित गरिएको हो । कोभिड महामारीमा भेरी अस्पतालले उत्कृष्ट सेवा प्रदान गरेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

‘एमालेमा माधव नेपाल जस्तालाई ठाँउ छैन’

१६ श्रावण २०७८, शनिबार १८:०३
काठमाडौं  : एमाले अध्यक्ष केपी शर्मा ओलीले माधव नेपालजस्ता नेताहरु जो आफ्नै पार्टीको बिरोधमा लागेका छन उनीहरुका लागि पार्टीमा ठाउँ नभएको बताएका छन् । शनिबार नेकपा एमालेको काठमाडौं जिल्ला कमिटीको बैठकमा वामपन्थीको सरकार ढाल्ने र दक्षिणपन्थीको सरकारलाई विश्वासको मत दिएको भन्दै उनले माधव नेपालका लागि पार्टीमा ठाउँ नभएको बताए । […]

सम्बन्धित