कोहलपुरको चट्टार बाँधमा डुवेर तीनको मृत्यु

सदरलाइन संवाददाता ६ श्रावण २०७८, बुधबार १९:५९
 

कोहलपुर (बाँके) : बाँकेको कोहलपुरमा रहेको डुडुवा बाँधमा डुबेर ३ जनाको मृत्यु भएको छ । ईलाका प्रहरी कार्यालय कोहलपुरका प्रमुख प्रहरी नायब उपरिक्षक रविन्द्र खनालले दिएको जानकारी अनुसार बुधबार साँझ ५ बजे सो घटना घटेको हो ।

कोहलपुर नगरपालिका वडा नं. १० डुडुवा बाँध नहरमा पौडी खेल्ने क्रममा डुबेर नेपालगञ्ज उप–महानगरपालिका वडा नं. ११ का १७ वर्षिय आसिफ जसगढ, १७ वर्षिय अरमान जसगढ र १८ बर्षिय रासीद जसगढको ज्यान गएको हो ।


उनीहरु ५ जना गएका मध्ये ३ जनाको डुबेर मृत्यु भएको अवस्थामा ईलाका प्रहरी कार्यालय कोहलपुरबाट खटेको टोलिले करिब १ घन्टाको खोजतलास पछि ३ जनाकै शब फेला पारेका प्रहरी नायब उपरिक्षक खनालले बताए ।

कोहलपुरको चट्टारमा रहेको डुडुवा नदीको बाँधमा जम्मा भएको पानीमा विभिन्न स्थानबाट पौडी खेल्ने वा बनभोज खाने उद्देश्यले मानिसहरु पुग्ने गरेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

कोरोनाबाट भेरी अस्पतालमा एकजनाको मृत्यु

६ श्रावण २०७८, बुधबार १९:५९
नेपालगञ्ज : कोरोना भाइरस संक्रमणबाट भेरी अस्पतालमा आज थप एक जनाको मृत्यु भएको छ । गेरुवा गाउँपालिका –१ बर्दियाका ६४ वर्षका पुरुषको बिहीवारबिहान ५ः३० बजे मृत्यु भएको हो । स्वास्थ्यमा समस्या देखिएपछि उनी साउन ३ गते अस्पताल भर्ना भएका थिए । त्यसैदिन उनलाई कोभिड पुष्टि भएको थियो । योसंगै उपचारका […]