‘रिगल’ नेपालगञ्ज कारागार चलान

सदरलाइन संवाददाता १७ कार्तिक २०८०, शुक्रबार १३:४३
 

नेपालगञ्ज : ‘रिगल’ भनिने योगराज ढकाललाई नेपालगञ्ज कारागार चलान गरिएको छ । जिल्ला प्रहरी कार्यालय बाँकेले शुक्रबार बिहान साढे १० बजेतिर बाँके जिल्ला अदालत समक्ष बुझाएको थियो ।

जिल्ला प्रहरी प्रवक्ता (डिएसपी) नारायण डाँगीका अनुसार रिगललाई शुक्रबार बिहान साढे १० बजेतिर बुझाइएको हो । त्यस लगतै उनलाई अदालतले नेपालगन्ज कारागार चलान गरेको थियो ।

बाँके जिल्ला अदालतका श्रेस्तेदार सरोज निधि वाग्लेले रिगललाई शुक्रबार बिहान पौने ११ बजेतिर नेपालगन्ज कारागार कार्यालयमा पठाइएको जानकारी दिए ।

बाँके जिल्ला अदालतले गरेको फैसला अनुसार नेपालगञ्ज कारागार पठाइएको उनले बताए ।’ हामीले उहाँलाई नेपालगञ्ज कारागारमा पठाएका छौँ, कारागार ब्यवस्थापन विभागले कसरी र कहाँ ब्यवस्थापन गर्छ, त्यो उहाँहरुले गर्नुहुन्छ,’ वाग्लेले भने ।


रिगलको कैद मिनाहालाई सर्बोच्च अदालतले बिहीबार बदर गरेको थियोे । कायममुकायम प्रधानन्यायाधीश ईश्वरप्रसाद खतिवडा, सपना प्रधान मल्ल र कुमार चुडालको इजलासले बिहीबार रिगलको कैद मिनाहा गर्ने निर्णयलाई बदर गर्ने परमादेश दिएको थियो । अदालतको आदेश लगत्तै उनले प्रहरी समक्ष आत्मसमर्पण गरेका थिए ।

नेपालगञ्ज निवासी चेतन मानन्धरको हत्या अभियोगमा जेल सजाय काटिरहेका रिगलले सरकारबाट बाँकी कैद माफी पाएका थिए । बाँकी कैद माफी पाएर ढकाल संविधान दिवसका दिन छुटेका थिए ।

त्यस निर्णयविरूद्ध चेतन मानन्धरकी श्रीमती भारती मानन्धर शेर्पाले गत असोज २२ गते सर्वोच्चमा रिट दायर गरेकी थिइन् । कैद मिनाहा विरुद्ध उनी काठमाडौको माइतीघर मण्डलामा धर्ना बसेकी थिइन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

विशिष्टिकृत बन्दै शिक्षण अस्पताल कोहलपुर

१७ कार्तिक २०८०, शुक्रबार १३:४३
नेपालगञ्ज : नेपालगञ्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरले अस्पतालको सेवालाई विशिष्टिकृत बनाउँदै लगेको जनाएको छ । शुक्रवार कोहलपुरका पत्रकारहरुसँग भेटघाट कार्यक्रमको आयोजना गर्दै अस्पतालले पूर्वाधार अभावका बीच पनि अस्पतालको सेवालाई विशिष्टिकृत बनाउँदै लगिएको जनाएको छ । अस्पताल प्रमुख डा.रेशम बहादुर रानाले दक्ष जनशक्ति र पर्याप्त उपकरणकाबीच अस्पतालले विशिष्टिकृत सेवा थप्दै […]