बाँकेमा एक जनामा मात्र कोरोना

सदरलाइन संवाददाता ८ पुष २०७८, बिहीबार १४:०८
 

नेपालगञ्ज : बाँकेमा बिहीवार १ जनामा मात्र कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । जिल्लाका तीन वटा प्रयोगशालामा ५० नमुना परीक्षण गर्दा १ जनामा भाइरस संक्रमण पुष्टि भएको हो ।

मेडिकल कलेज कोहलपुरमा ३६ नमुना परीक्षण गर्दा १ जनामा भाइरस संक्रमण देखिएको जिल्ला कोभिड १९ व्यवस्थापन केन्द्रले जनाएको छ । यस्तै भेरी अस्पतालमा ८ र बागेश्वरी ल्याबमा ६ नमुना जाँच्दा सबैको रिपोर्ट नेगेटिभ आएको छ ।


संक्रमण पुष्टि भएका जिल्ला बाहिरका हुन् । योसँगै बाँकेमा कुल संक्रमितको संख्या १८ हजार ४ सय ९५ पुगेको छ । यस्तै १ जना डिस्चार्ज भएका छन् । योसँगै डिस्चार्ज हुनेको संख्या १८ हजार १ सय ३५ पुगेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

कोहलपुरका कृषकलाई पशु सुत्केरी भत्ता प्रदान

८ पुष २०७८, बिहीबार १४:०८
नेपालगञ्ज : कोहलपुर नगरपालिकाको पशु सेवा शाखाले कृषकहरुलाई पशु सुत्केरी भत्ता वितरण गरेको छ । एक औपचारीक कार्यक्रम गरी गाई ४४ र भैंसी ७९ गरी जम्मा १ सय २३ जना कृषकहरुलाई पशु सुत्केरी भत्ता वितरण गरेको हो । कोहलपुर नगरपालिकाको सबैभन्दा उत्कृष्ट कार्यक्रम भएको पशु सेवा शाखामा कार्यरत लोकेन्द्र बुढाथोकीले […]

सम्बन्धित