सदरलाइनडटकम,
नेपालगञ्ज : नेपालगञ्ज उपमहानगरपालिका वडा नम्बर ५ का वडाध्यक्ष कैफुलवरा जोलाहमाथि कुटपिट भएको छ । प्रत्यक्षदर्शीका अनुसार स्थानीय रेखा सिंहले वडा अध्यक्ष जोलाहलाई आफ्नै घर अगाडी चप्पलले कुटपिट गरेकी हुन् ।
उपमहानगरपालिकाको आयोजनामा बुधवार नेपालगञ्जमा सार्वजनिक सुनुवाई भएको थियो । मेयरसँगै मञ्चमा वडा अध्यक्ष जोलाहलगायत बसेका थिए । सिंह सहभागीको रुपमा उपस्थित थिईन ।
सार्वजनिक सुनुवाईमा भएको बिवाद बढ्दै जाँदा बिहीवार राती वडा अध्यक्ष जोलाहलाई महिलाले आफ्नो घर अगाडी चप्पलले कुटेकी हुन् । घटनापछि राती नै प्रहरीले सिंहलाई पक्राउ गरेकोमा अर्को दिन मिलापत्र गर्नेगरी दुबैलाई छोडेको थियो ।
