हाइटीमा तेल ट्यांकर विष्फोट हुँदा ५० जनाको मृत्यु

सदरलाइन संवाददाता २९ मंसिर २०७८, बुधबार १३:४२
 

काठमाण्डौ : हाइटीको उत्तरी क्षेत्रमा एक तेल ट्यांकर विष्फोट हुँदा ५० जनाको मृत्यु भएको छ । उक्त घटनापछि सरकारले तीन दिनसम्म राष्ट्रिय शोक घोषणा गरेको छ ।

हाइटीको क्याप–हेटियन शहरको सडकमा तेल ट्यांकर दुर्घटना भएको थियो । स्थानीयले ट्यांकरबाट चुहिएको तेल जम्मा गर्न थाले । त्यहीबेला ट्यांकर विष्फोट भएको थियो । त्यसैले मानवीय क्षति धेरै भएको स्थानीय मिडिया रिपोर्टमा उल्लेख छ ।


प्रधानमन्त्री एरियल हेनरीले यो घटनापछि पूरै देश शोकमा डुबेको बताएका छन् र तीन दिन राष्ट्रिय शोकको घोषणा गरेका छन् ।

हाइटीको दोस्रो ठूलो शहरमा भएको तेल ट्यांकर विष्फोटको भिडियो सामाजिक सन्जालमा भाइरल भएको छ । एक प्रत्यक्षदर्शीले घटनास्थललाई नर्कको संज्ञा दिएको बीबीसीले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

बाँके–बर्दियामा औपचारिकरुपमा बाघ गणना शुरु

२९ मंसिर २०७८, बुधबार १३:४२
नेपालगञ्ज : राष्ट्रिय बाघ गणनाअन्तर्गत बाँके–बर्दिया क्षेत्रमा बुधवारदेखि औपचारिकरुपमा गणना शुरु भएको छ । बर्दियाको ठाकुरद्धारामा राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागका महानिर्देशक, वन मन्त्रालयअन्तर्गतको योजना तथा समन्वय महाशाखाका प्रमुख, राष्ट्रिय प्रकृति संरक्षण कोषका सदस्य सचिवसहितको उपस्थितिमा बुधवारदेखि औपचारिक कार्यक्रममार्फत गणनाको शुरुवात भएको बर्दिया राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत विष्णुप्रसाद […]