सुन्दर हरिजनको शव बुझ्न मानेनन् आफन्तले

सदरलाइन संवाददाता १६ जेष्ठ २०७९, सोमबार १६:४४
 

नेपालगञ्ज : नेपालगञ्ज उपमहानगरपालिका २, दैलेखी बंगलाका २० वर्षीय सुन्दर हरिजनको शव १० दिन वितिसक्दा समेत नेपालगञ्ज मेडिकल कलेजको शव गृहबाट उठ्न सकेको छैन् ।

रोल्पा जिल्ला कारागारमा कैद भुक्तान गरिरहेका उहाँको शव जेठ ७ गते नेपालगन्ज ल्याइएको हो । कारागार प्रशासनले विजय विक्रम शाहको कैद भुक्तान गर्न रोल्पा पठाएर हत्या गरेको आरोप मृतकका दाई रामकुमार हरिजनले लगाएका छन् ।

रामकुमारले ७ जेठमा रोल्पा कारागारमा भाईको शव बुझेको बताए । उनले भाईले आत्महत्या नगरेको दावी गरेका छन् । छानविन गरि सत्यतथ्य बाहिर नल्याउँदासम्म शब नबुझ्ने परिवारजनले अडान लिएका छन् ।


मृतक सुन्दरको शव नेपालगञ्ज मेडिकल कलेज शिक्षण अस्पतालको शब गृहमा राखिएको छ । घटनाबारे छानवीन गर्न बनेको समितिले नेपालगञ्ज र रोल्पा पुगेर अध्ययन तथा सोधपुछ गरेर काठमाडौं फर्किसकेको छ ।

उक्त घटनामा आफ्नै गलबन्दीको पासो लगाएर सुर्खेत वराहताल गाउँपालिका १, घोडाआँखेका २७ वर्षीय विजय बिक्रम शाह शौचालयमा झुण्डिएर आत्महत्या गरेको भन्दै रोल्पा कारागारले उनका आफन्तलाई शव बुझ्न भन्यो ।

शब बुझ्ने क्रममा शाह परिवारले उक्त शब आफ्नो मान्छेको नभएको बताएपछि घटना थप रहस्यमय बनेको हो । कारागारको विवरणमा उल्लेख भएको ब्यक्ति र कैद भुक्तान गर्ने क्रममा मृत्यु भएका ब्यक्ति अर्कै भएको पुष्टि भएपछि मृतकका परिवारले हत्या भएको आशंका गरेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

लागुऔषधसहित कैलालीमा २ जना पक्राउ

१६ जेष्ठ २०७९, सोमबार १६:४४
कैलाली : कैलालीमा छुट्टाछुट्टै स्थानबाट लागुऔषधसहित २ जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा, धनगढी उप–महानगरपालिका १३ बस्ने ३४ वर्षिय शेर सिंह धामी र दार्चुला अपिहिमाल गाउपालीका वडा नम्बर ३ घर भई जिल्ला कैलाली गोदावरी नगरपालीका वडा नम्बर ५ गेटास्थित डेरा कोठा गरी बस्ने बर्ष ३६ को डम्बर कार्की रहेका […]