बाँकेमा जनताको तटबन्धले चालिस प्रतिशत काम पुरा गर्दै

रुद्र सुवेदी ३० चैत्र २०८०, शुक्रबार १५:००
 

नेपालगञ्ज :  बाँकेमा राप्ती नदीको कटानबाट जोगाउने उद्देश्यले जनताको तटबन्ध कार्यालयले तीब्र गतिमा तटबन्ध निर्माण कार्यलाई अघि बढाएको छ । निर्माण सुरु भएको एक वर्षमा करिव ४० प्रतिशित काम सम्पनन भएको आयोजनाले जनाएको छ ।

एशियाली विकास बैंकको सहुलियत ऋण सहयोगमा जनताको तटबन्ध कार्यालयले राप्ती सोनारी वडानं. २ मा १ हजार ३ सय मिटर र वडानं. ६ मा १ हजार २ सय मिटर तटबन्ध निर्माण गरि रहेको साईड ईञ्जिनियर हेमराज भण्डारीले जानकारी दिए ।

उनले भने–‘ बाँकेमा जनताको तटबन्ध कार्यालयले दुई साईटमा काम गरिरहेको छ । गत २०७९ पुसदेखि ९ सय दिनमा निर्माण कार्य सम्पन्न गर्नेगरी कालिका कन्स्ट्रक्सनसंग ठेक्का सम्झौता भएको छ ।’ उनले हालसम्म निर्माणको ४० प्रतिशत भौतिक प्रगति भएको जानकारी दिए ।

साईड ईञ्जिनियर भण्डारीले दिएको जानकारी अनुसार तटबन्धबाट वडानं. २ मा करिव ४ सय ५० घरधुरी कटानबाट जोगिने साथै ३ सय ८० विगाह जमिन पुन प्राप्ती हुने र वडानं ६ मा १ सय ५० घरधुरी र २ सय ५० विगाह जमिन पुनप्राप्ती हुनेछ ।

उनले बाँकेमा हाल दुई साईटमा गरी २ हजार ५ सय मिटर तटबन्ध निर्माण गरिदै आएकोमा थप बिनौनाको पुलसम्म तटबन्ध आवश्यक हुने भनि ६० करोड बजेट समेत माग गरि पठाएको बताए ।


उनले सो तटबन्ध निर्माणको लागि आवश्यक ढुंङ्गा ४२ हजार ५ सय २५ घनमिटर चाहिने र आवश्यक ढुंगा मुगुवा खोलाबाट निकाल्नका लािग पालिकाले सहजिकरण गरेको बताए ।

राप्तीसोनारी २ का स्थानीय सुरेश भण्डारी जनताको तटबन्धले टुक्रे योजना निर्माण गर्नु भन्दापनि राप्तीको दुबैतिर प्याकेजमा बाँध बाध्नु पर्ने बताए । उनले भने–‘ टुक्रे योजना निर्माण गर्नु भन्दापनि प्याकेजमा निर्माण गर्न सके हामीहरुको खेती योग्य जमिन जोगिने थियो । तर पनि अहिले भईरहेको कामले आशाको किरण पलाएको छ ।’

सो क्षेत्रबाट प्रतिनिधि सभामा निर्वाचित प्रतिनिधि सभा सदस्य सूर्य ढकालले जनताले राप्ती नदीको कटानबाट मुक्ति पाउने गरी काम गर्न आयोजनालाई पटक–पटक ताकेता गरेको बताए ।

उनले भने–‘ राप्ती नदिले मात्र नभएर नदिमा मिसिने बिभिन्न खहरे खोलाले पनि कटान र डूवानको समस्या निम्त्याएकोले आफुले सकेको पहल त्यसको रोकथामको लागि गरेको छु ।’

राप्ती नदीको कटानले गर्दा बाँकेमा वर्षेनी सयौ विगाह खेतीयोग्य जमिन बगर हुने भएकोले जनताको तटबन्धले एशीयाली विकास बैंकको सहुलियत ऋण सहयोगमा २ हजार पाँच सय मिटर तटबन्ध भ्याट बाहेक २८ करोड ४३ लाख ८ सय ७२ रुपैयाको लागनीमा निर्माण सुरु गरेकोे छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

लुम्बिनीका मुख्यमन्त्री महराले मागे विश्वासको मत

३० चैत्र २०८०, शुक्रबार १५:००
दाङ्ग :  लुम्बिनी प्रदेशका मुख्यमन्त्री जोखबहादुर महराले विश्वासको मत मागेका छन् । प्रदेशसभाको शुक्रबार बसेको बैठकमा माओवादी संसदीय दलका नेता समेत रहेका मुख्यमन्त्री महराले विश्वासको मत मागेका हुन् । केन्द्रीय राजनीतिमा आएको फेरबदलका कारण यो कार्यकालको तेस्रो मुख्यमन्त्रीका रुपमा आफू आएको भन्दै उनले सरकार सञ्चालनमा सबैले सहयोग गर्ने विश्वास व्यक्त […]