भेरी नदीमा बस खस्दा एकको मृत्यु, एक बेपत्ता

सदरलाइन संवाददाता २३ पुष २०७७, बिहीबार १६:४०
 

सुर्खेत : छिन्चु–जाजरकोट खण्डको गरालेस्थित गौडाबाट भेरी नदि बस खस्दा एक जनाको मृत्यु भएको छ । दुर्घटनामा एक जना गम्भीर घाईते भएका छन भने एक वेपत्ता भएका छन् ।

सुर्खेतको गुर्भाकोट नगरपालिका ९ गराले बजार नजिकै गौडामा बिहीबार दिउँसो ३ बजे बस दुर्घटनामा परेको हो ।


नदीमा डुवेको बसबाट एक जनाको शव निकालिएको र एक जना गम्भीर घाइते रहेको प्रहरीले जनाएको छ । घाइतेको उद्धार गरेर उपचारका लागि मेहलकुना अस्पताल पठाइएको छ ।

Next Post

नेपालगञ्जका युवा युवतीलाई स्वरोजगार तालिम

२३ पुष २०७७, बिहीबार १६:४०
नेपालगञ्ज : नेपालगञ्ज उप–महानगरपालिकाले युवा लक्षित तीनवटा तालिम एकसाथ बिहीवारदेखि शुरु गरेको छ । मेयर डा. धवलशम्शेर राणा, उपमेयर उमा थापा मगर र प्रमुख प्रशासकीय अधिकृत ओमवहादुर खड्काले तीन महिने मोवाइल मर्मत, सिलाईकटाई तथा ब्युटीसियन तालिमको उद्घाटन गरे । तालिमको उद्घाटन गर्दै मेयर डा. राणाले कोभिड– १९ पछि स्वदेश फर्केका […]