तेक्वान्दो छनोट सम्पन्न

सदरलाइन संवाददाता २७ मंसिर २०७८, सोमबार १८:५०
 


काठमाडौं :  काठमाडौं महानगर तेक्वान्दो विकास समितिले दुई छुट्टाछुट्टै प्रतियोगितामा सहभागी हुने महानगरका खेलाडीको छनोट गर्न आयोजित छनोट प्रतियोगिता सोमबार सम्पन्न भएको छ ।

जैशीदेवल तेक्वान्दो डोजाङको आयोजनामा हुने जुनियर बागमती प्रदेशस्तरीय तेक्वान्दो प्रतियोगिता र बागमती प्रदेश खेलकुद विकास परिषद्ले आयोजना गर्ने बागमती प्रदेश खेलकुद प्रतियोगिताअन्तर्गत हुने तेक्वान्दो प्रतियोगिताका लागि खेलाडी छनोट गरिएको हो ।


दुवै प्रतियोगिताका लागि समान ११–११ पुरुष÷महिला खेलाडी छनोट भए । एकदिने दुवै छनोट प्रतियोगिता त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप) मा भएको थियो । जुनियर प्रतियोगिताका लागि छनोट भएका खेलाडीले सीधै त्यही प्रतियोगितामा सहभागिता जनाउने छन् । अर्को प्रतियोगिताका लागि खेलाडी पहिले काठमाडौं जिल्ला छनोट प्रतियोगिता खेल्नु पर्ने छ ।

जुनियर प्रतियोगिता पुस ३ देखि ५ गतेसम्म त्रिपुरेश्वरस्थित राखेपको कभर्डहलमा हुँदैछ । अर्को प्रतियोगिता माघ हुने तर स्थान तय भइसकेको छैन । छनोट भएका खेलाडीलाई काठमाडौं जिल्ला तेक्वान्दो संघका अध्यक्ष अशोक खड्का, आयोजक समितिका अध्यक्ष सुरेश मानन्धरलगायतले एक कार्यक्रमबीच प्रमाण पत्र प्रदान गरे ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

महेशलाई स्वर्ण

२७ मंसिर २०७८, सोमबार १८:५०
काठमाडौं : मकाउ बडिबिल्डिङ एन्ड स्पोर्ट्स फिजिक च्याम्पियनसिपमा नेपालका महेश श्रेष्ठले स्वर्ण जितेका छन् । उनले पुरुष ७० केजीको बडिबिल्डिङमा स्वर्ण जितेका हुन् । चीनका साम चुइले रजत तथा नेपालका प्रवेश अधिकारीले कांस्य जिते । नेपालकै सफल गुरुङ चौथो भए । उक्त स्पर्धामा १४ खेलाडी सहभागी थिए । बडिबिल्डिङकै पुरुष […]

सम्बन्धित