सदरलाइनडटकम,
२७ कात्तिक, नेपालगन्ज : नेपालगन्जमा आयोजना गर्न लागिएको अण्डर सिक्सटीन टी–ट्वान्टी क्रिकेट प्रतियोगिता प्राविधिक कारणले एक सातापछि हुने भएको छ ।
रोयल स्पोर्टस क्लब, नेपालगन्जको आयोजना तथा बैशाली साईकलको प्रायोजनमा हुन लागेको सो प्रतियोगिता प्राबिधिक कारणले दोस्रो पटक सारिएको आयोजकले जनाएको छ ।
कार्तिक २७ गतेबाट संचालन गरिने भनिएको सो प्रतियोगिता मंसिर ४ गतेबाट शुरु हुने आयोजक क्लवका सचिव जमील अन्सारीले बिज्ञप्तिमार्फत जानकारी गराएका छन् । सहभागी विद्यालयले तयारीको समय नपुगेको भन्दै केहिदिन पछि सार्न अनुरोध गरेपछि प्रतियोगिता सारिएको सचिव अन्सारीले जानकारी दिए ।
नेपालगन्ज मंगलप्रसाद माविको मैदानमा हुने प्रतियोगितामा २० टोलीले प्रतिस्पर्धा गर्ने आयोजकले जनाएको छ । नकआउट प्रणालीको आधारमा मंसिर ४ गतेदेखि सुरु हुने प्रतियोगिता एक सातासम्म चल्नेछ
