राप्तीमा पानीको सतह निरन्तर बढ्दै, उद्दारको संयन्त्र तयारी अवस्थामा

११ श्रावण २०७३, मंगलवार ०७:११
 

सदरलाइनडटकम
११ साउन, नेपालगन्ज : rap1लगातारको वर्षातको कारण राप्ती नदीको सतह खतरा भन्दा माथि पुगेको छ । बाढी मापनकेन्द्र खासकुस्मा बाँकेले दिएको जानकारी अनुसार मंगलबार दिउसो १२ बजेसम्म ५ मिटर ८२ सेन्टीमिटर नाघेको छ । विहान ११ बजे नै खतराको संकेत ५ मिटर पार गरेको थियो ।
बाढीमापन केन्द्रका गेज रिडर भद्रबहादुर थापाका अनुसार मंगलबार विहान ६ बजेदेखि राप्तीको सतह बढ्न सुरु गरेको थियो । उनले अनलाईनखबरसंग कुरा गर्दै भने–‘नदीमा पानीको सतह खतरा भन्दा माथि पुगेको छ । यहाँबाट संबन्धित गाउ र समुदायमा बाढीको सूचना पठाउनुको साथै खतराको साईरन पनि बजाउन लगाईएको छ ।’
दाङ्गको भालुबाङ्गमा रहेको बाढी मापन केन्द्रले मंगलबार विहान ८ बजे नै भालुबाङ्गमा नदीको सतह ८ मिटर ६० सेन्टिमिटर पुगेको थियो । त्यो पानी कुसुम पुग्नलाई ३ घण्टा लाग्ने र कुसुमबाट बाँकेको कम्दी, फत्तेपुर, होलिया, बेतहनी, गंगापुर, मटेहिया पुग्नलाई कम्तीमा ४ देखि ५ घण्टा लग्ने बताईएको छ ।
यसैबीच राप्ती नदीमा आएको बाढीले खतराको संकेत पार गरेलगत्तै जिल्ला प्रहरी बाँकेले आ–आफ्ना विभिन्न युनिटमार्फत बाढीको खताराबाट जोखिनको लागि खतराको साईरन बजाउनुको साथै विपद आईहालेमा उद्दारको लागि तयारी अवस्थामा राखिएको बाँकेका प्रहरी प्रमखु् प्रहरी उपरिक्षक टेकप्रसाद राईले जानकारी दिए ।
जिल्ला दैवि प्रकोप उद्दार समिति बाँकेका अध्यक्ष तथा बाँकेका प्रमुख जिल्ला अधिकारी रबीलाल पन्थले राप्ती नदीमा पानीको सतहले खतराको संकेत पार गरेको सूचना पाउने वित्तिकै बाढीबाट हुने क्षेती न्यूनीकरणको लागि सेना, प्रहरी र सशस्त्र प्रहरीलाई उद्दारको आवश्यक सामाग्री सहित तयारी अवस्थामा राखिएको जानकारी दिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

राप्ती नदीमा बाढी खतराको चिन्ह भन्दा ३ मिटर, डेढ हजार परिवार बाढीको जोखिममा हेलिकप्टरबाट सुत्केरीसहित ४ सय १ जनाको उद्दार (फोटो फीचरसहित)

११ श्रावण २०७३, मंगलवार ०७:११
सदरलाइनडटकम १२ साउन, नेपालगन्ज : समयमै सुझबुझका साथ उद्दार संयन्त्र परिचालन गर्दा बाँकेमा बाढीबाट कुनै मानविय क्षति हुन पाएन । राप्ती नदिमा पानीको सतह ८ दशमलभ १५ मिटरसम्म पुगेको थियो । बाढी पूर्वसुचना प्रविधिको प्रयोग तथा जिल्ला दैवि प्रकोप उद्दार समिति बाँकेका विभिन्न क्लष्टरहरुलाई समयमै परिचालित गरेको कारण बाढीका कारण […]