जुम्ली स्याउले भारतीय स्याउ बिस्थापित हुँदै

४ आश्विन २०७६, शनिबार १४:२२
 

सदरलाइनडटकम,
जाजरकोट : जुम्ली स्याउले बजार पाएपछि जाजरकोटमा भारतीय स्याउ बजार पाउन छाडेको छ । जिल्लाका सबै ठाउँमा जुम्ली स्याउले बजार पाएपछि भारतीय स्याउ बिक्री हुन छाडेको हो । एक सयमा प्रति किलो स्याउ पाइने भएपछि महङ्गो रुपैयाँमा भारतीय स्याउ खरीद गर्ने ग्राहकको संख्या घटेको हो । स्थानीय उत्पादन तथा सस्तोमा उपभोग गर्न पाएपछि अत्याधिक माग बढेको व्यापारी लोकेन्द्र रोकायले बताए ।
भारतीय स्याउ खाँदा मीठो नभएको तर जुम्ली स्याउ मीठो भएको भेरी नगरपालिका–३ का शारदा ओलीले बताए । जाजरकोट सदरमुकाममा तीन ठाउँमा डिलर राखेर जुम्ली स्याउ बिक्री भइरहेको छ । जुम्ली स्याउसँगै जाजरकोटमा फलेको स्याउ बिक्री–वितरणमा समेत सहज भएको व्यापारीले बताएका छन् । भारतबाट कमाई गरेर घर फर्कनेहरु समेत घरमा जुम्ली स्याउनै कोशेलीका रुपमा लिने गरेका छन् ।
अर्गानिक भन्दै जुम्ली स्याउको माग बढेको छ । स्थानीय उत्पादनलाई प्रोत्साहन गर्नुपर्ने उद्योग वाणिज्य सङ्घ, जाजरकोटका अध्यक्ष कर्णबहादुर खत्रीले बताए । कर्णाली प्रदेश सरकारले स्थानीय उत्पादनलाई प्रोत्साहन गर्ने लक्ष्य लिएसँगै जुम्ली स्याउको माग ह्वात्तै बढेको छ । यातायातको अभावमा अघिल्लो वर्ष जाजरकोटमा ल्याउन नसकिएको बताउने यहाँका व्यापारीहरु, यो वर्ष केही सहज भएपछि जुम्ली स्याउ ल्याउन पाएको बताएका छन् । जाजरकोटमा यातायातको पहुँच भएको सबै ठाउँमा जुम्ली स्याउ पुगेको व्यापारीहरु बताउँछन् ।
त्यस्तै छिमेकी जिल्ला रुकुम पश्चिम र सुर्खेतमा समेत जुम्ली स्याउमा बजार पाएको व्यापारी रणबहादुर महतले बताए । भारतीय स्याउमा विषादी मिसाएको पाइएसँगै जुम्ली स्याउले बजार पाउँन थप सहज भएको हो । अहिले जाजरकोटमा दैनिक सरकारी कार्यालय, सङ्घसंस्था र कार्यक्रममा समेत जुम्ली स्याउकै प्रयोग दर बढेको छ ।

Next Post

मोटरसाईकल दुर्घटना हुँदा दाङमा दुईको मृत्यु

४ आश्विन २०७६, शनिबार १४:२२
सदरलाइनडटकम, दाङ : दाङको घोराहीमा मोटरसाईकल दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । घोराही उपमहमानगरपालिका वडा नं. ९ गुकाली डाँडाँमा शुक्रवार राति रा ४ प ७८९३ नम्वरको मोटरसाईकल दुर्घटना हुँदा सोही ठाउँ निवासी २५ बर्षीय मनोज विक र घोराही ५ धर्ना निवासी २५ बर्षीय दिपक विकको मृत्यु भएको प्रहरीले […]

सम्बन्धित