नेपालगञ्ज : नेपालगञ्ज उपमहानगरपालिका वडा नं. ९ बाँकेगाँउका २ किशोरको तलाउमा डुबेर ज्यान गएको छ । शुक्रबार बाँकेको राप्तीसोनारीको फत्तेपुरमा रहेको नागराफल झरना हेर्न पुगेका ती दुई किशोरको तलाउमा पौडि खेल्ने क्रममा डुबेर मृत्यु भएको प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार ६ जनाको समुहमा गएका उनीहरु मध्ये बाँकेगाँउका १६ वर्षिय शिव शंकर शुक्ला र १४ वर्षका बिनोद बर्मा तलाउमा डुबेका थिए ।
झरना हेरेर फर्कदैं गर्दा नजिकै रहेको तलाउमा पौडी खेल्न पसेका ६ जनामध्ये दुई जना डुबेका थिए । उनीहरुको उद्दार गरी उपचारका लागि नेपालगञ्ज ल्याउँदै गर्दा बाटोमै ज्यान गएको जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको छ ।
उनिहरुको शव पोष्टमार्टमका लागि भेरी अस्पताल नेपालगञ्जमा पुराईएको छ ।