योग समिति नेपालको अध्यक्षमा भट्टराई

सदरलाइन संवाददाता २५ मंसिर २०७८, शनिबार १४:५१
 

नेपालगञ्ज : योग समिति नेपालको दोश्रो अधिवेशन आज नेपालगञ्जमा सम्पन्न भएको छ । अविधेशनले योग गुरु गिरिराज शर्मा भट्टराईको अध्यक्षतामा १५ सदस्यीय नयाँ नेतृत्व चयन गरेको छ ।

सर्वसम्मरुपमा चयन भएको समितिको उपाध्यक्षमा लोकमाया सुवेदी ‘सुमित्रा’, पुरुष उपाध्यक्षमा जगदीश चन्द्र तिमिल्सेना, कोषाध्यक्षमा अम्बिका कोइराला, सहकोषाध्यक्षमा मन्दराज शर्मा ‘विन्दु’, सचिवमा निर्मला शाह र सहसचिवमा शालिकराम खनाल रहनु भएको छ ।

यस्तै जया चन्द, शर्मिला शाह, सरिता सिँह, झविलाल शर्मा न्योपाने, ज्योति प्रकाश पौडेल र टंकनाथ पौडेल सदस्यमा चयन हुनु भएको छ । समितिमा दुईजनालाई मनोनित गरिएको छ ।


चिरञ्जीवी ज्ञवाली र खिमानन्द अर्याललाई मनोनित गरिएको निर्वाचन अधिकृत विश्वजीत तिवारीले बताए । तिवारीको संयोजकत्वमा अरुण सिँह र मेघनाथ ढकाल सदस्य रहने गरी निर्वाचन समिति बनाइएको थियो ।

कार्यक्रममा कोरोनाकालमा जनचेतना फैलाउनुका साथै स्वस्थ्य रहने उपाय बताउँदै घरदैलो गर्ने योग प्रशिक्षकहरुलाई प्रमाणपत्रसहित सम्मानित गरिएको थियो । कार्यक्रममा योग समिति छोटो समयमा जनमानसमा लोकप्रिय बन्न सफल भएको वक्ताहरुले बताएका थिए ।

समितिका अध्यक्ष भट्टराईको अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख अतिथी वरिष्ठ आयुर्वेद चिकित्सक डा. बुद्धिसागर रेग्मी, राजन राना बहादुर मगर, शुक्रऋषि चौलागाईं, नन्दलाल वैश्य, कृपा मेडिकलका डा. प्रबीण गुप्तालगायतले शुभकामना मन्तब्य राख्नु भएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

पुस्तक तथा स्टेशनरी व्यावसायी संघ लुम्बिनी प्रदेशको दोस्रो अधिवेशन नेपालगञ्जमा सुरु

२५ मंसिर २०७८, शनिबार १४:५१
नेपालगञ्ज : ‘गुणस्तरिय उत्पादन, मर्यादित व्यापार, नीति निर्माणमा पहुँच, साङ्गठनिक आधार भन्ने मुल नाराका साथ नेपाल पुस्तक तथा स्टेशनरी व्यावसायी संघ लुम्बिनी प्रदेशको तेस्रो साधारण सभा तथा दोस्रो प्रदेश अधिवेशन नेपालगञ्जमा सुरु भएको छ । लुम्बिनी प्रदेशका १२ जिल्लाका पुस्तक तथा स्टेशनरी व्यावसायी सहभागि रहेको सो अधिवेशनको लुम्बिनी प्रदेश प्रमुख […]