सदरलाइनडटकम,
नेपालगञ्ज : भारतबाट फर्किनेहरुलाई लक्षित गरेर नेपालगञ्जको जमुनाह नाकामा तयारी खाना वितरण शुरु गरिएको छ ।
नेपालगञ्ज उपमहानगरपालिका, प्लान नेपाल, बाँके युनेस्को क्लवको समन्वय र सहकार्यमा भारतबाट आउने नागरिकहरुलाई तयारी खाना वितरण शुरु गरिएको हो ।
प्लान नेपालको आर्थिक सहयोग र नेपालगञ्ज उपमहानगरको समन्वयमा खाना वितरण शुरु गरिएको उपमेयर उमा थापामगरले जानकारी दिइन् ।
भारतबाट आउने नेपालीहरुलाई भोकभोकै बस्न नपरोस् भन्ने उद्देश्यले बाँके युनेस्को क्लवको आयोजनामा निःशुल्क तयारी खाना वितरण शुरु गरिएको हो ।
प्लान नेपालका नेपालगञ्ज प्रमुख मीना पराजुलीले भारतबाट आउने नेपालीहरुले खानसमेत नपाएको गुनासो आएपछि आफुहरुले तयारी खाना र पानीको व्यवस्था गरेको बताइन् । करीब ३५ हजारलाई तयारी खाना र पानी उपलब्ध गराइने उनको भनाई छ ।