आज विश्व योग दिवस मनाईंदै

सदरलाइन संवाददाता ७ असार २०७८, सोमबार ११:०४
 

नेपालगञ्ज : सोमवार विश्व योग दिवस मनाईंदै छ । यो दिवस हरेक वर्षको जुन महिनाको २१ तारिखमा मनाउने गरिन्छ । यो दिवस सन् २०१४ बाट मनाउन शुरु गरिएको हो ।

सन् २०१६ मा युनेस्कोले समेत योगलाई आफ्नो अभौतिक सांस्कृतिक सम्पदाको रुपमा दर्ता गरेको छ । आधुनिक चिकित्सा पद्धतिले रोग लागिसकेपछिको उपचार अनि शारीरिक पक्षहरूलाई धेरै महत्व दिन्छ भने योग अभ्यासले मनको शान्ति, आत्मनियन्त्रण, चित्त शुद्धीकरण र अध्यात्मिकतामा ध्यान दिँदै मानव शक्ति अनि चित्तको सकारात्मक विकेन्द्रीकरणको महत्त्व दिन्छ ।


आफ्नो नजरमा आफ्नो महत्त्व र उपस्थितिको मूल्य योगको माध्यमबाट जागृत हुने भएकाले मानसिक रोग र आत्मसम्मानको वृद्धिका लागि पनि योग एकमात्र सरल र सहज उपाय भएको जानकारहरु बताउँछन् ।

गौतम बुद्धदेखि क्राइस्टसम्म, शिवदेखि कृष्णसम्म अनि अरु विभिन्न दर्शन केन्द्रीत महात्माहरूले पनि आफ्नो जीवनकालमा योग अभ्यास गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

आज निर्जला एकादशी : घरघरमा तुलसीको दल राखिँदै

७ असार २०७८, सोमबार ११:०४
नेपालगञ्ज : वैदिक सनातन धर्मावलम्बीले आज आ–आफ्ना घरको मठमा तुलसीको दल राख्दैछन् । प्रत्येक वर्ष ज्येष्ठ शुक्ल एकादशीका दिन घर घरमा तुलसीको बीउ रोपिन्छ । सोमवार निर्जला एकादशीमा रोपिएको बीउ एक महीनापछि आषाढ शुक्ल एकादशी अर्थात् हरि शयनी एकादशीका दिन रोपिन्छ । आषाढ शुक्ल एकादशीदेखि कार्तिक शुक्ल एकादशीका दिनसम्म तुलसीको […]

सम्बन्धित