खजुरामा मानव वेचविखनविरुद्ध समिति गठन

सदरलाइन संवाददाता २६ कार्तिक २०७७, बुधबार १८:१०
 

खजुरा (बाँके) : खजुरा गाउँपालिकास्तरीय मानव वेचविखनविरुद्धको समिति निर्माण भएको छ । खजुरा गाउँपालिका प्रमुख किस्मतकुमार कक्षपतिको संयोजकत्वमा गठन गरिएको समितिमा उपाध्यक्ष तथा न्यायिक समिति संयोजक एकमाया विक सदस्य, सामाजिक विकास समिति संयोजक फत्तेकुमारी जैसी र महिला वडा सदस्य सुवित्रा विक सदस्य र महिला तथा बालबालिका शाखा प्रमुख सुशीला न्यौपाने सदस्य सचिवमा चयन भएका छन् ।

त्यसैगरी इलाका प्रहरी कार्यालय धनौली प्रमुख सदस्य, प्रधानाध्यापक बुद्धि बन्जाडे, बाल अधिकार समितिबाट खर्क पुन, कानूनी सल्लाहकार विकास आचार्य, बाल क्लवबाट चेतना क्षेत्री, किशोरी संजालबाट मञ्जु थापा, स्वास्थ्य शाखाबाट सुदीप पौडेल, महिला सहकारी संस्थाबाट मुना निरौला, मानववेचविखन विरुद्ध कार्यरत शान्ति शर्मा पौडेललाई सदस्यमा चयन गरिएको छ ।


खजुरा गाउँपालिकाको आयोजना, माइती नेपाल र वीनरक इण्टरनेशनलको समन्वयमा गरिएको कार्यक्रममा माइती नेपालका केशव कोइराला र वीनरक इन्टरनेशनलका कमला पन्तले सहजीकरण गरेका थिए । सदस्य सचिव समेत रहेकी महिला तथा बालबालिका शाखा प्रमुख सुशीला न्यौपानेले मानव वेचविखनविरुद्ध अब वडास्तरीय समिति निर्माण गरिने जानकारी दिइन् ।

Next Post

बाँकेमा बिहीवार ४४ जना डिस्चार्ज

२६ कार्तिक २०७७, बुधबार १८:१०
नेपालगञ्ज : बाँकेमा बिहीवार ४४ जना कोरोनामुक्त भई डिस्चार्ज भएका छन् । विभिन्न आइसोलेशनमा रहेका २३ पुरुष र २१ महिला कोरोनामुक्त भई डिस्चार्ज भएका हुन् । योसंगै बाँकेमा कोरोना संक्रमणबाट निको भई डिस्चार्ज हुनेको संख्या ३ हजार १ सय ९४ पुगेको स्वास्थ्य कार्यालय बाँकेका कोरोना फोकल पर्सन नरेश श्रेष्ठले बताए […]