मुगुमा वडा कार्यालयसहित सात घरमा आगजनी

२० श्रावण २०७६, सोमबार १४:४८
 

सदरलाइनडटकम,
मुगु : मुगुको पश्चिम खत्याड भेगमा पर्ने खत्याड गाउँपालिकाको २ नम्बर वडा कार्यालयमा अज्ञात समूहले आगजनी गराएको छ । आइतवार राति १२ बजे वडा कार्यालयमा आगजनी गराइएको बताइएको छ ।
राति भएको आगजनीबाट कार्यालयका सम्पूर्ण कागजपत्रसहित वडा कार्यालय जलेर पूर्णरूपमा नष्ट भएको २ नम्बर वडाका वडा अध्यक्ष लालबहादुर मल्लले जानकारी दिए । उनका अनुसार आगलागी कसले र्गयो भन्ने यकिन थाहा नभएको तर घटना शंकास्पद रहेको बताए । भित्र मान्छे सुतेका भए पनि बाहिर चुकुल लगार्ई आगो लगाएका र आगलागीलगत्तै मान्छे भ्यालबाट भाग्न सफल भएका छन् ।
अरू कार्यालयमा रहेका सम्पूर्ण सामान कागजपत्र पूर्णरूपमा जलेर खरानी भएका अध्यक्ष मल्लको भनाइ छ । आगलागीमा परी वडाकार्यलयसँगै रहेका वडा सचिव टंकबहादुर मल्लको स्टेशनरी पसल, पदम बुढाको मोबाइल पसल, हरिकृष्ण दाहाललगायत ५ जनाको घर जलेर नष्ट भएका छन् । आगलागीबाट ५ करोड बराबरको क्षति भएको छ अध्यक्ष मल्ले बताए । आगो कसले र किन लगायो भन्नेबारे अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय मुगुले जनाएको छ ।

Next Post

जम्मू–कश्मीरको विशेषाधिकार खोसियो

२० श्रावण २०७६, सोमबार १४:४८
सदरलाइनडटकम, काठमाण्डौ : भारतीय गृहमन्त्री अमित शाहले जम्मू–कश्मीरका लागि सोमवार ऐतिहासिक प्रस्ताव पेस गरेका छन् । उनले अनुच्छेद ३७० हटाउनको लागि सिफरिस गरेका छन् । यो निर्णयलाई राष्ट्रपतिले पनि मन्जुरी दिएका छन् । बहुजन समाजवाद पार्टीले पनि समर्थन दिएको छ । गृहमन्त्रीको यो जवाफपछि राज्यसभामा हंगामा नै शुरु भएको छ […]

सम्बन्धित