डुडुवामा निर्माणाधिन योजनाहरुको धमाधम अनुगमन

सदरलाइन संवाददाता २२ मंसिर २०७८, बुधबार १९:२२
 


डुडुवा (बाँके) : बाँकेको डुडुवा गाउँपालिकाले आफ्ना विभिन्न विकास निमार्णका योजनाहरुको अनुगमन गरिरहेको छ । गाउँपालिकाद्वारा निर्मित विभिन्न ठुला तथा साना योजना अन्र्तगतका भौतिक पुर्वाधारहरुको अनुगमन गर्ने कार्य गरि रहेको गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत परशुराम उपाध्यायले बताए ।

उनले पालिकाको सबै भन्दा ठुलो योजना गाउँपालिकाको प्रशासनिक भवन, विद्यालय भवन, तथा विभिन्न धार्मिक स्थलमा निर्मित भौतिक पुर्वाधारको अनुगमन गरिएको जानकारी दिए ।

गाउँपालिकाको प्रशासनिक भवनको निमार्णको काम करिब ८० प्रतिशत पुरा भएको छ । तिब्र गतिमा निमार्ण भईरहेको भवन अब केही महिनाभित्रै संचालनमा ल्याइने गाउँपालिका अध्यक्ष नरेन्द्रकुमार चौधरीले बताए । अध्यक्ष चौधरीले गाउँपालिकाको भवनको अभावले गुणस्तरिय सेवा प्रवाह र साधन स्रोतको परिचालन तथा व्यवस्थापन गर्न समस्या भएकाले नयाँ भवनबाट छिट्टै सेवा प्रवाह हुने विश्वास दिलाए ।


गाउँपालिका अध्यक्ष चौधरी नेतृत्वको समुहले निमार्ण सम्पन्न भएको वार्ड नं. ४ स्थित मस्जिद र नवनिर्मित वार्ड नंं ६ स्थित श्री सरस्वती मावि भंघोटनामा दुई कोठे भवनको अनुगमन गरिएको हो ।

वार्ड नं. ४ मोल्हुपुर्वामा मस्जिद निमार्णका लागि ८ लाख र हिरिमिनियाको विद्यालयको दुई कोठे भवन रु २६ लाखको लागतमा निमार्ण सम्पन्न भएको प्रमुख प्रशासकिय अधिकृत उपाध्यायले जानकारी दिए ।

पालिकाद्धारा हाल धमाधम विभिन्न भौतिक पुर्वाधारहरु निमार्ण भईरहेका छन । अनुगमन टोलीमा गाउँपालिका अध्यक्ष चौधरी, उपाध्यक्ष शाहिदा बानो, कार्यपालिका सदस्यसहितको जनप्रतिनिधी, प्रमुख प्रशासकिय अधिकृत उपाध्याय, प्राविधिक प्रमुख लगायतको समुहको सहभागिता रहेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

बाँकेका १८ वर्ष माथिकालाई खोप लगाउन शुरु

२२ मंसिर २०७८, बुधबार १९:२२
नेपालगञ्ज : बाँकेमा विहीबारदेखि १८ वर्ष माथिका सबै नागरिकलाई कोरोना विरुद्धको खोप लगाउन शुरु गरिएको छ । दुई चरणमा पहिलो र दोस्रो डोजको खोप लगाउन शुरु गरिएको हो । हो । १ लाख ६५ हजार १२ जनालाई पहिलो डोज र ३० हजार ७ सय ६३ जनालाई दोस्रो डोज खोप लगाइने […]

सम्बन्धित