सदरलाइनडटकम,
काठमाण्डौ : सीता एयरवेज जहाजले आपतकालीन अवतरण गरेको छ । शनिवार बिहान ९ बजे रामेछापको मन्थली विमानस्थलबाट सोलुखुम्बुस्थित लुक्ला विमानस्थलका लागि उडेको जहाज मन्थलीमा आकस्मिक अवतरण गरिएको हो ।
मन्थलीबाट उड्नेबित्तिकै जहाजको इन्जिनमा चरा छिरेपछि आकस्मिक अवतरण गरिएको रामेछापका डिएसपी सन्तोषकुमार भट्टराईले जानकारी दिए । जहाजमा १३ यात्रु र ३ कर्मचारी सवार थिए । जहाजभित्रका सबै सकुशल रहेको जिल्ला प्रहरी कार्यलयले जनाएको छ ।
