बाँकेका १८ वर्ष माथिकालाई खोप लगाउन शुरु

सदरलाइन संवाददाता २३ मंसिर २०७८, बिहीबार १३:३६
 

नेपालगञ्ज : बाँकेमा विहीबारदेखि १८ वर्ष माथिका सबै नागरिकलाई कोरोना विरुद्धको खोप लगाउन शुरु गरिएको छ । दुई चरणमा पहिलो र दोस्रो डोजको खोप लगाउन शुरु गरिएको हो ।

हो । १ लाख ६५ हजार १२ जनालाई पहिलो डोज र ३० हजार ७ सय ६३ जनालाई दोस्रो डोज खोप लगाइने छ । जिल्लाका आठवटा पालिकामध्ये बिहीवार नेपालगञ्ज उपमहानगरपालिका, कोहलपुर नगरपालिका, खजुरा गाउँपालिका र जानकी गाउँपालिकामा खोप लगाइँदै छ ।

शुक्रबारसम्म यी पालिकामा खोप लगाइने जानकारी दिँदै स्वास्थ्य कार्यालय बाँकेका खोप फोकलपर्सन नरेश श्रेष्ठले पालिकाका सबै स्वास्थ्य संस्थामा खोप केन्द्र तय भएको छ । कोरोनाविरुद्धको भेरोसेल र कोभिसिल्डको पहिलो र दोस्रो डोज खोप लगाइने श्रेष्ठले बताए ।

नेपालगञ्जमा ४५ हजार ५ जनालाई पहिलो डोजको खोप लगाइने छ भने ५ हजार २ सय ३० जनालाई दोस्रो डोज खोप लगाइने छ । यस्तै कोहलपुरमा १९ हजार ६ सय १९ जनालाई पहिलो डोज खोप लगाइने छ भने ५ हजार १ सय १ जनालाई दोस्रो डोज खोप लगाइने छ ।


जानकी गाउँपालिकामा १४ हजार २२ जनालाई पहिलो डोज लगाइने छ भने २ हजार १ सय ३१ जनालाई दोस्रो डोज लगाइने छ । यस्तै खजुरा गाउँपालिकामा १५ हजार ३ सय ४८ जनालाई पहिलो डोज खोप लगाइँदा ३ हजार ६ सय ४५ जनालाई दोस्रो डोज लगाइने खोप फोकल पर्सन श्रेष्ठले बताए ।

डुडुवा, बैजनाथ, नरैनापुर र राप्तीसोनारी गाउँपालिकामा भने यही २६ र २७ गते खोप लगाइने छ ।

बैजनाथमा १९ हजार २ सय ५४ जनालाई पहिलो डोज, ३ हजार १ सय ८ जनालाई दोस्रो डोज, डुडुवामा १३ हजार ७ सय ४५ जनालाई पहिलो डोज र ३ हजार ९ सय २१ जनालाई दोस्रो डोज, नरैनापुरमा १७ हजार ५ सय ७९ जनालाई पहिलो डोज, ३ हजार २ सय १४ जनालाई दोस्रो डोज र नरैनापुरमा २० हजार ४ सय ४० जनालाई पहिलो डोज र ४ हजार ४ सय १३ जनालाई दोस्रो डोज खोप लगाइने छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

खुल्ला ब्याडमिन्टन प्रतियोगिता नेपालगञ्जमा शुरु

२३ मंसिर २०७८, बिहीबार १३:३६
नेपालगञ्ज : नेपालगञ्जमा बिहीवारदेखि खुल्ला ब्याडमिन्टन प्रतियोगिता शुरु भएको छ । बाँकेको जिल्ला ब्याडमिन्टन संघको आयोजना तथा नेपाली सेनाको भैरवप्रसाद गण र कर्मचारी मिलन केन्द्र बाँकेको सह–आयोजनामा नेपालगञ्ज रंगशालाको कभर्डहलमा खुल्ला ब्याडमिन्टन प्रतियोगिता शुरु भएको हो । प्रतियोगिताको नेपाली सेनाको श्री ४ नम्बर अड्डाका बाहिनीपति सहायक रथी हरेन्द्र पाठकले उदघाटन […]