‘देशलाई बन्दी बनाउने एमसीसी चाहिदैन, संशोधन सहित भए सोच्न सकिन्छ’

७ असार २०७७, आईतवार १८:२१
 

सदरलाइनडटकम,
काठमाण्डौं : जनता समाजबादी पार्टीका नेता एवम बाँके निर्बाचन क्षेत्रनं. २ का सासद तथा पूर्वमन्त्री मोहम्मद इश्तियाक राईले अमेरिकी मिलिनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) नेपालको हितमा नभएको बताएका छन् ।

उनले सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) भित्र एमसीसी संशोधनसहित पास गर्नुपर्ने अडान रहेका बेला जनता समाजबादी पार्टीका सांसदबाट यस्तो भनाई बाहिर आएको हो ।

पूर्वमन्त्री राईले भने–‘देशलाई बन्दी बनाउने उद्देश्य बोकेको एमसीसी नेपालको कानून र संविधान भन्दा सर्वोपरि हुने अवस्थामा चाँहिदैन तर, संशोधनसहित राष्ट्रहितमा भए मात्र स्वीकार्य हुनेछ ।’


एमसीसीलाई लिएर सत्तारुढ दलमा नै तिव्र असन्तुष्टी बढिरहेको छ ।

प्रधानमन्त्री केपी शर्मा ओलीलगायतका केही नेताहरु एमसीसीको पक्षमा रहेका छन् भने अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसहित, नारायणकाजी श्रेष्ठ, भीम रावल, झलनाथ खनाल, माधव नेपाललगायतका नेताहरुले संशोधनसहित स्वीकार गर्न सकिने बताएका छन् ।

Next Post

सांसद गिरीले पार्टी व्हिप नमानेको संसदिय दलको पार्टीलाई जानकारी

७ असार २०७७, आईतवार १८:२१
सदरलाइनडटकम, काठमाण्डौ  : संविधान संशोधनको पक्षमा मतदान गर्न तथा संशोधन प्रस्ताव फिर्तालिन पार्टीले गरेको ह्वीप नमानेपछि जनता समाजवादी पार्टिका सांसद सरिता गिरीलाई कारवाहीको माग गर्दै समाजबादी पार्टी संसदिय दलले पार्टीलाई जानकारी पत्र लेखेको छ । समाजबादी पार्टी संसदिय दलका प्रमुख सचेतक उमाशंकर अरगरियाद्वारा हस्ताक्षरित पार्टीलाई लेखेको जानकारी पत्रमा लिम्पियाधुरा सहितको […]