नेपालगञ्ज आउँदै गरेको गाडी सल्यानमा दुर्घटना, उद्धार जारी

सदरलाइन संवाददाता ४ भाद्र २०८०, सोमबार १५:५५
 

नेपालगञ्ज : रुकुमको नुवाकोटबाट नेपालगञ्ज आउँदै गरेको फोर्स गाडी सल्यानमा दुर्घटना भएको छ । रुकुमको नुवाकोटबाट छुटेको लु २ ख ५७३१ नम्बरको फोर्स गाडी सोमवार दिउँसो कपुरकोट गाउँपालिका ३ आगरखोेलामा दुर्घटना भएको हो ।

दुर्घटना स्थलमा प्रहरी, स्थानीय लगायतले उद्धार कार्य जारी राखेका छन् । गाडीमा भएका सबै घाइते भएको र केही गम्भिर घाइते भएको अनुमान गरिएको छ ।


गाडी सडकदेखि करिब २ सय मिटर तल खसेको अनुमान गरिएको छ । घटनाका बारेमा थप विवरण आउन बाँकी छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

विपन्न परिवारलाई आयआर्जनका लागि चल्ला वितरण

४ भाद्र २०८०, सोमबार १५:५५
नेपालगञ्ज : बाँके युनेस्को क्लबले विपन्न तथा आर्थिक अवस्था कमजोर भएका बाँकेका दुई गाउँपालिकाका २१ परिवारलाई आय आर्जनका लागि कुखुराका चल्लासहित विभिन्न सामग्री वितरण गरेको छ । कतार च्यारेटिको आर्थिक सहयोगमा क्लबले सञ्चालन गरेको दोस्रो फेजको नेपाल एकिकृत विकास कार्यक्रमअन्तर्गत बाँकेको खजुरा र राप्तीसोनारी गाउँपालिकाका २१ विपन्न परिवारलाई कुखुरापालनका लागि […]